• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सक्किगो नि’ टिमको फिल्म ‘लाज शरणम्’मा जोडिए महेश त्रिपाठी


  •    अभियान हाम्रो / आइतबार, बैशाख १६, २०८१  

  • काठमाण्डौ  वैशाख

    टेलिभिजन सिरियल ‘सक्किगो नि’ समूहले निमार्ण गर्न  लागेको कथानक फिल्म ‘लाज शरणम्’मा कलाकार महेश त्रिपाठी जोडीएका छन् । फिल्मको यतिबेला कार्यशाला चलिरहेको छ । जेठ १५ छेकोदेखि छायांकन सुरु हुने फिल्मका कलाकार यतिबेला पात्र निर्माणको गृहकार्यमा छन् ।

    निर्माताले आधिकारिकरुपमा केही नबताएपनि फिल्मको कास्टिङलाई लिएर महत्वपूर्ण विकास भएको छ । यो कमेडी–सोसल ड्रामामा सागर लम्साल ‘बले’ र दीपक आचार्य ‘काकु’ कलाकार हुने र कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गर्ने खबर यसअघि नै सार्वजनिक भइसकेको छ ।

    निर्माताले अधिकारिक घोषणा नहुञ्जेलसम्म सूचनालाई बाहिर आउन नदिन निकै प्रयास गरिरहेका छन् । यद्यपि, यो फिल्मको कास्टिङ रोचक हुने पक्का छ । स्रोतका अनुसार यो फिल्ममा हल्कार फेम महेश त्रिपाठी पनि जोडीएका छन् । त्रिपाठीको केही महिना अगाडी धरानमा सुटीङ भएको अर्को कमेडी जन्द्राको फिल्म खजुरे व्रो आगामी वैशाख २८ गतेदेखि रिलिज हुदै छ । महेश त्रिपाठी सगै कलाकार रेणु योगी र प्रशान्त ताम्राकार पनि जोडिएका छन् । यी तीनजना कलाकार अहिले वर्कसपमा छन् ।

    यसबारे बलेलाई सोध्दा उनले आफू मौन रहने बताए । अहिले पुरानो बानेश्वरमा यो फिल्मको वर्कसप चलिरहेको छ । सुदीप बरालले छायांकन गर्ने यो फिल्मको छायांकन कर्णाली प्रदेशमा हुने तयारीमा छ ।

    यस अध्घि वसन्त पञ्चमीको अवसर पारेर सामाजिक सञ्जालमार्फत नाम सार्वजनिक गरिएको थियो । चलचित्रका बारेमा विस्तृत जानकारी भने दिइएको छैन ।

    (पाँडे) र कुमार कट्टेल (जिग्री) सक्किगोनीको निर्देशन गर्दै आएका छन् ।

    फिल्ममा  सक्किगोनीका थुप्रै कलाकारहरूलाई देख्न सकिने छ अनुमान गरीएको छ ।
    निर्माताले चाँडै पत्रकार सम्मेलनमार्फत यसबारे आधिकारिक घोषणा गर्ने तयारी गरिरहेका छन् । जेपीटी क्रिएसनको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्म अहिले मुलक र नागरीकले भोग्नु परेको यथार्थ समस्यालाई चित्रण गर्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.