चौतारा सागाचोकगढी नपा– ५ घरभई सोहि ठाउँ स्थित श्री कृष्णरत्न गंगा माविमा कार्यरत शिक्षकद्वय ५० वर्षीय हरिगोपाल श्रेष्ठ र ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई ०८१ वैशाख ९ गते चौतारा सागाचोकगढी नपा– ५ घरभई बनदेवी माविमा कार्यरत शिक्षक ४० वर्षीय मनोज सापकोटाले मादक पर्दाथ सेवन गरी विद्यालय परिसरमा कुटपिट गरेका छन् ।
कक्षा १२ को परिक्षाफल प्रकाशनको तयारीका क्रममा आरोपित विद्यालय भित्र प्रवेश गरेर धम्की दिएर शिक्षकहरूलाई कुटपिट गरेको विद्यालयका सहायक प्रअ राजु पराजुलीले बताउनु भयो । घटना लगत्तै प्रहरीलाई जानकारी गराए पछि आरोपितलाई वैशाख ९ गते विद्यालयबाट गिरफ्तार गरेको थियो ।
कुटपिटमा संलग्न शिक्षक केहि दिन अघि मात्र नगर शिक्षा समितिले घर पायक सरुवा गराएको थियो ।








