• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

काठमाडौंको बौद्धमा आज तेमाल जात्रा मनाइए


  •    अभियान हाम्रो/ सोमबार, बैशाख १०, २०८१  

  • काठमाडौंको बौद्धमा आज तेमाल जात्रा मनाइएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा तेमाल जात्रा लाग्ने गर्दछ ।

    तेमाल जात्रा तमाङ समुदायको राजा रेनजेन दोर्जेको पालादेखि सुरु भएको मानिन्छ। प्राचीनकालका राजा रेनजेन दोर्जेले बौद्ध र स्वयम्भुको छोर्तेन पूर्ण  निर्माण सम्पन्न भएको खबर प्राप्त भएपछि राजा र प्रजा भएर उर्दी जाहेरी गरि सोही वर्षमा ज-जसको घरमा मानिसको मृत्यु भएको हुन्छ उक्त  मृतकहरुको नाममा बत्ति बालि दिवाङ्गत आत्मा शान्तिको कामना गर्दा मोक्ष प्राप्त हुन्छ भन्ने किम्म दन्ति रहेको हुँदा  चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्दछ ।

    प्राचीनकालको राजा रेनजेन दोर्जेको पालामा राजाहरुलेनै उर्दी जारि गरि हुकुमबस भएको हुँदा तेमाल जात्रा तामाङ समुदायले मात्रै मनाउने गर्दछ । यो जात्रा मनाउने क्रममा २१ वटा मात्रै धारा रहेको र पछि ग्रिवान युद्धले एउटा धारा बनाएर थपे पछि २२ धारा भएको बौद्ध संघका महासचिव टेकराज मोक्तान तामाङले जानकारी दिनुभयो ।

    प्राचीनकालमा काठमाडौँ बाट उत्तरी भेगमा पर्ने तेमाल क्षेत्रका तामाङ समुदायका राजा सहितका जनताहरु आएर मनाउने गरेकोले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिएको बताउनुभयो । नेपालको पाँचौ स्थानमा रहेको तामाङ जातिहरुको  ईतिहासमा पहिलो र ठुलो जात्रा तेमाल जात्रा मात्रै रहेको र अन्य  कुनै पनि जात्रा नभएको जानकारी दिनुभयो । पछिल्लो समय देशभरका बौद्ध धर्मावलम्बीहरुले यो पर्व मनाउने गरेको पाईन्छ ।

    प्राचिन समयमा कुनै पनि संचार माध्यम नभएको हुँदा त्यस बेला रातभरी जागाराम बसी टाढा-टाढा बाट पाल्नु भएका आफन्त ईस्टमित्रसंग एकै ठाउँमा भेला भई दु;ख,सुखका बेदनाहरु पोखाउंनका निम्ति तामाङ जुहारी यानिकि फापारे गित गाउँने गर्दथ्यो त्यसैले अहिले पनि सोहि जात्रामा तामाङ जुहारी गित धेरै मात्रामा सुन्न पाईन्छ ।

    दिवङ्गत पितृका नाममा बत्ती बालेका दर्शनार्थीले पूर्णिमाका दिन बिहान बालाजु बाइसधारामा स्नान गर्दछ । स्नानपछि भोलिपल्ट स्वयम्भू चैत्यमा पुगेर पूजापाठ गरेपछि तेमाल जात्रा समाप्त हुन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.