• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन


  •    अभियान हाम्रो / आइतबार, बैशाख ०९, २०८१  

  • पोखरा ।

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै संघको कार्यालयको उद्घाटन गरेको छ । संघको कार्यालयको उद्घाटन गर्दै लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले लोकदोहोरी रेष्टुरेण्ट व्यवसाय सम्मानित, मर्यादित र सुरक्षित बनाउनका लागि ब्यवशायीहरुनै लाग्नुपर्नेमा जोड दिए ।

    आफुहरुको ब्यवसाय कोरोना अगाडि सम्म नेपाल सरकारमा सुचिकृत नभएका कारण त्यतिवेला प्रहरी प्रसासनबाट सास्ती खेप्नुपरेको वताउदै कोरोना पछि ब्यवसायलाई सुचिकृत गरी मापदण्ड र अनुसुची बनाएको र त्यसपछिमात्र हाल आएर रात्रिकालिन ब्यवसायलाई चौबिसै घण्टा खोल्न सरकार तत्पर रहेको वताउदै अध्यक्ष श्रेष्ठले संस्थाको मर्यादाभित्र रहेर व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह समेत गरे ।

    त्यस्तै पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवयसायी सघंका कानुनी सल्लाहकार सुरेन्द्र थापा मगरले ब्यवसाय संगै रोजगार प्रदान गर्ने व्यवसाय लोकदोहोरी रेष्टुरेण्ट भएको वताउदै लोकदोहोरी ब्यवसायले लोक संस्कृतिको संरक्षणमा समेत लागेको वताए । आर्थिक मन्दीका कारण रोजगार नपाउने अवस्थाका कारण युवाहरु विदेश पलायन भइरहदा लोकदोहोरी रेष्टुरेण्ट व्यवशायीहरुले केही हद सम्म रोजागार प्रदान गरिरहेको वताउदै थापा मगरले पैसा र नेपाल सरकारले चाहेर मात्रपनि नेपालको मौलिक लोक संस्कृति बचाउन नसकिने वताए । लोक संस्कृतिको संरक्षणमा ब्यवसायीहरु लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।

    राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव शंकरविरही गुरुङले लोकदोहोरीको कलाकार उत्पादन गर्न र कलाकारलाई बचाइ राख्न लोकदोहोरी रेष्टुरेण्टको मुख्य भुमिका रहेको वताए ।

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवयसायी सघंका सल्लाहकार लोकेन्द्र कुमार राईले रात्रीकालिन ब्यवशायहरु २४ घण्टा खुल्नु खुसीको कुरा भएतापनि त्यसमा चुनौती रहेको वताउदै ब्यवशायीहरुले विशुद्ध रुपमा व्यसाय गर्दै सम्मानित र मर्यादित ढंगले ब्यसाय गर्न सके व्यवसायीले सम्मान पाउने वताए । त्यस्तै अर्का सल्लाहकार जय कुमार परियारले संघले ब्यवसायीहरुको हक हितको लागि एकजुट भएर काम गर्न आग्रह गरे ।

    ससुराली रोधी घरका सञ्चालक टंक पौडेलले संघबाट व्यवसायीहरुलाई दुख पर्दा साथ र सहयोग पाइरहेको वताउदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राखे । उक्त अवसरमा पोखरामा भर्खर सञ्चालनमा आएका ससुराली, जुनेली, मान्द्रो र सारंगी रोधी घरले संघको सदस्यता समेत लिएका थिए । हाल पोखरामा २६ वटा दोहोरी सांझहरु संघमा आवद्ध रहेका छन । संघका अध्यक्ष जीवन गुरुङ भीमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिरेन्द्र केसीले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन सचिव दिलु लामाले गरेकी थिइन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.