• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

न्यानो नेपाल” संस्थाले ब्युटिपार्लर तालिम संचालन


  •    अभियान हाम्रो / शुक्रबार, बैशाख ०७, २०८१  

  • मकवानपुर, ७ बैशाख

    बागमती प्रदेश मकवानपुर जिल्लाको हेटौडा वडा नं १५ रातोमाटे स्थित रहेको “न्यानो नेपाल” संस्थाले ब्युटिपार्लर तालिम संचालन गरिरहेको छ ।

    “न्यानो नेपालको अभियान, सुखी र समृद्धि नेपालको निर्माण” भन्ने नाराका साथ स्थापित उक्त संस्थाले हेटौडा उपमाहानगरपालिकाको सहकार्यमा ४५ (पैचालिस) दिने सिपमुलक ब्युटिपार्लर तालिम संचालन गरिरहेको छ । उक्त तालिममा नगरका विभिन्न वडाहरुबाट महिलाहरुको बाग्लो उपस्थितिमा उत्साहजनक सहभागिता रहेको संस्थाका अध्यक्ष मिना लामा तितुङले बताउनुभयो ।

    विशेष गरि “न्यानो नेपाल” संस्थाले शिक्षा,स्वास्थ्य र सिप विकास गरि तिन वटा कार्यलाई मध्यनजर गरि विभिन्न छुट्टाछुट्टै तालिमहरु दिदै आईरहेको बताउनुभयो । शिक्षा सम्बन्धि नेतृत्व विकास मनोपरामर्स, सकारात्मक सोच, भाषणकला जस्ता महत्वपूर्ण तालिम आयोजना गर्दै आईरहेको बताउनुभयो । त्यस्तै विद्यार्थीहरुलाई करियर काउनसेलिङ तालिम दिंदै आईरहेको छ ।

    सोहि संस्थाले यत्ति मात्रै नभई विकासको कार्यमा कुन समुदायमा कस्तो खालको सिप दिंदा उपयुक्त हुन्छ त्यहीं अनुसारको सिपमुलक तालिम संचालन गरि अहिलेको समयमा ठाउं अनुसार सौन्दर्य आवश्यकता ठानी ब्युटीपार्लरको तालिम संचालन गरेको बताउनुभयो ।उक्त संस्थाले बेलाबेलामा स्थानीय निकायसंग समन्वय गरि स्वास्थ्य शिविर, स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम गर्दै आईरहेको छ । सोहि संस्थाले केहि समय अगाडी सम्बन्धित निकायसंग समन्वय गरि स्वास्थ्य शिविर, राहत, किशोरीहरुलाई सेनेटरी प्याट, झुल, औषधी, बर्सादी जस्ता अतिवाश्यक सामग्रीहरु ८(आठ) लाख रकम बराबरको वितरण गरिएको थियो ।

    भावि दिनहरुमा विभिन्न संस्था तथा नगरहरुसंग समन्वय गरि बिकट गाउँठाउंहरुमा सिपमुलक, विकासमूलक, शिक्षा मुलक, स्वास्थ्य मुलक, रोजगार मुलक कार्यक्रमहरु आयोजना गरि संस्थालाई अगाडी बढाउने योजना रहेको “न्यानो नेपाल” संस्थाका अध्यक्ष मिना लामा तितुङले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.