• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दिनेश बस्नेतको कथाः रेडियो


  •    दिनेश बस्नेत/ शुक्रबार, बैशाख ०७, २०८१  

  • श्रीमती, आश्विनी हलेदो ताछेर सुठो बनाइरहेकी थिई । आलोक आँगनमा उभिएर कौसी हे¥यो । घरको धुरी, धन्सार जताततै पालो पालो हे¥यो । टोपी निकालेर टाउको कन्याउन थाल्यो । आश्विनीले सोची, ‘आज बुढा किन बिहानदेखि ताओरमाओर भएका छन् । एक ठाउँमा थिरसँग बस्न सकेका छैनन् । यताउता गरिरहेका छन् । तर उसले केही भनिन । केही सोधिन ।

    बरु आलोकलेभन्यो, ‘तेरा गहना बेच्ने हो भने बाँडाले कति पइसो देला ।’
    आश्विनीले बुझीहाली, लोग्नेको छटपटी र बेचैनीको कारण पैसा हो भनेर । तर पनि उसले बुझे जसरी विचार बदल्न सकिन । कति दुःख गरेर बनाएको गहना बेच्ने कुराले उसको मनमा पहिरो गयो । उसले लोग्नेले भनेको सुनेर पनि नसुने झै गर्नु उचित ठानी । चुपचाप सुठो नाङ्लोमा फिँजाइ र घाममा सुकाइ ।

    ‘मैले भनेको सुनिनस् ।’ आलोकले अलि कडा स्वरले भन्यो ।
    त्यसपछि उसले नसुनेझँै गर्नुको वहाना रहेन । श्रीमतीलाई पनि थाहा थियो, घर ऋणमा चुर्लम्म डुबेको । छोरो विदेश पठाउँदाको ऋण, छोरीको बिहेदान गर्दाको ऋण, बाबुको उपचार र क्रियाकर्म गर्दाको ऋण, भैसी ल्याउदाको ऋण । गाउँमा उसले ऋण नथापेका मान्छे सित्तिमित्ति कोही थिएनन् । घरमा एकाबिहानै देखि पैसा फिर्ता माग्न आउनेको आइजाई हुन्थ्यो । कहिले त कुनै घटना घटे जसरी घरमा जमघट हुन्थ्यो ।

    कतिलाई त भाका सारेर मनाएको थियो आलोकले । भैसी किन्दा ऋण दिएको जुमकाजी भने तिनीहरुको समस्या सुन्न तयार थिएन । उसले एक महिनादेखि पैसाको लागि धरपकड गरेको थियो । मन उमठिने गरि वचन छाडेको थियो । आलोकले एक हप्ताको भाका दिएको थियो । त्यो भाका भोलि सकिँदै थियो । त्यसैले भोलि विहान उ पैसा माग्न आउने निश्चित थियो ।

    आश्विनीले खाँबामा झुण्डाएको रेडियो बजाई । लोकगीतमा आइरहेको थियो – छोरा चाहिँ हे माया हिड्दछ डुलेर, तरुनीको है माया गफैमा भुलेर …….. भैसी छोड्यो है माया अर्काको भरमा, आफू हिड्यो है माया दार्जिलिङ सहरमा ……….. भैसी लड्यो है माया भिरबाट हेर, नौसय साठी है माया गइहाल्यो लौ खेर……।

    अघि पछि लोकगीत घत मानेर सुन्ने उसले झनक्क रिसाएर भन्यो,‘नौ सय साठीमा कहीँ भैसी पाइन्छ ? रेडियो बन्द गर । यहाँ मान्छेलाई भैसीको ऋण तिर्न नसकेर कत्रो टेन्सन छ । भिरबाट फरौला कि झुुन्डिएर ज्यान फालौ भएको छ । आजको दिन नगए हुन्थ्यो, भोलि कसरी जुमकाजीलाई टार्ने हो जस्तो भाको छ । तलाई भने रेडियो सुन्न पाए भयो ।’‘कतै खोज्नुस् न सरसापटी । गहना बेच्ने कुरा त नगर्नुहोस् । ठुट्टै बुच्चै हुँदा त शत्तुर हाँस्दछन्’ ; आश्विनीले रेडियो बन्द गर्दै भनी ।‘कहाँ खोज्नु पइसो । जताततै ऋण छ । एकपल्ट ल्याएको ठाउँमा फिर्ता गर्न पाए पो फेरि पाइन्छ । विश्वासिलो बनिन्छ । माग्नु मात्र छ, तिर्ने उपाय कहि कतै छैन । अनि क्यारेर विश्वासमा चल्न सकिन्छ । क्यारेर पत्याउछन् साहुले पनि,’ आलोकले दिक्क मान्दै भन्यो ।

    उसो त ऋणले घीन बनाउँदो रहेछ भन्ने उसले पटक पटक महसुुस गरेको थियो । साहुका मुखिन्जेल ‘निहुरी मुन्टी न’ बनेर शिर झुकाउनु पर्दा बोल्ने शब्द पाउदैनथ्यो । न त भाका दिएर तिनीहरुले पत्याउने अवस्था थियो । विचरा ! आसामीका रुपमा आलोक गाउँभरि बदनाम भएको थियो ।
    ‘तहिँ खोज न त जुमकाजीलाई दिने पोइसो, कता गएर खोज्छेस् । कताबाट ल्याउछेस् ल्याँ । नजिकै छन् माइती पनि । गएर पसना परे त्यहि पनि उपाय लाग्छ कि !’ आलोकले नयाँ जुक्ती सुझाए जसरी भन्यो ।

    उसका माइती हुने खाने थिएनन् । त्यहि पनि बकेर्र्र्र्र्नाे भैसीको दुध पगारेर दोए जसरी उसले धेरै पटक पैसा ल्याएकी थिइ । घरको गर्जाे टारेकी थिई । तर चुहिने भाँडो जस्तो घर व्यवहारको अवस्था भएपछि, कतैबाट आय–आम्दानीको बाटो नभएपछि उसले माइतीबाट ल्याएको पैसा कता विलायो कता । तर एउटा अप्ठेरो भने उसले भोगिरहेकी थिई । पैसोको कारण उसको माइत आउने जाने बाटो बन्द भएको थियो । दाजु भाइसँग मुख देखाउन सकेकी थिइन । त्यसैले अश्विनीले अलि झर्केर भनी, ‘बुझेर बुझ नपचाउ बुढा । त्यहि पैसाको कारणले २ वर्ष देखि म माइत गएकी छैन । नातो टुटे जस्तो भएको छ । अब पनि पैसा माग्न जाँदा के भन्लान् । बा –आमा भए पो जसै तसै माथिल्ला गह्राको पानी तल्ला गह्रामा झरे जसरी मन फर्कन्थ्यो । मन रसाउथ्यो ।’

    आलोकले केही दोहलफसल गरेन । जबर्जस्ती मन शान्त पारेर डहर तिर लाग्यो । उसको मनमा ‘कसरी भोलिसम्म १० हजार पु¥याउने ?’ त्यहि रँगटो चलेको थियो । डहरमा हिँडुदा हिँडुदै एक दुई जना भराठलाग्दा आफन्त सम्झ्यो । त्यहि गएर आफ्नो बिलौना र व्यथा कहने विचार ग¥यो । नाताले अलि टाढाको भिनाजुको घरको तगारो खोल्यो । यसो सोच्यो, परारसाल दशँै मान्न ल्याएको पैसा फिर्ता गर्न सकेको छैन, के भन्ने हुन ? हुन त मान्छे धर्मात्मी र पैसाको जोगाड गर्ने खाले हुन, कसो रित्तो हात फर्काउलान त नि । ‘बाबा घरमै हुनुहुन्छ भान्जी ?’ भैसी चरनमा छाड्न खेदिरहेकी मुखबोली भान्जीसँग सोध्यो ।

    ‘अँ हुनुहुन्छ, दाम्लो बाटुदै हुनुहुन्छ’, ति भान्जी भनाउँदीले भनिन ।
    उ एउटा छेउ लागेर भैसीलाई बाटो छाड्यो । अनि भैसी अगाडि बढे पछि आलोक अगाडि बढ्यो । फूर्तिसाथ पाइला लम्कायो ।‘नमस्कार भिनाजुु’ अलि असजिलो मान्दै आलोकले भन्यो । ‘ल बस’, बाबियो झिकेर चोयो बाट्दै गरेका भिनाजुले भने, ‘धेरै पछि नाक मुख देखायौ त ?’

    आलोक ङिच्च दाँत देखाएर प्रतिभाव प्रकट ग¥यो । केहि नबोलिकन आफ्नो कमजोरी जाहेर ग¥यो । किन भने उसको मनमा पुरानो ऋण तिर्न नसक्दाको हिनताभास थियो । उ चाहेर पनि खुल्न सकेको थिएन ।
    ‘ओई बुढी ! तिम्रा भाई आएका छन्, यसो चिया लिएर आउन, जाडो पनि के साह्रै बढेको’, उनले पोयो कपेटामा बेर्दै भने । ‘यस्तो जाडोमा दाम्लो बाट्न लाउनुुु भएको, कति हात काठिए होलान् । दिउँसो घाम लाएपछि गरेको भए नि हुने क्यारे नि,’ आलोकले साखुल्य हुँदै भन्यो ।

    एकछिन हाल खवरका कुरा भए । धेरै गफ त भएनन् आलोक र भिनाजु बीच । तर थोरै गफमा केही आफ्नोपन, केही आत्मपरक भाव र केही निकटवर्ती विचार आदान प्रदान भए । आलोकलाई पैसाको कुरा गर्न असहज महुुसुुुुस भएको थियो तर भिनाजुले स्थिति समथर पारिदिए । तब उसले लाउ पाएजसरी भूमिका बाँध्दै भन्यो, ‘भिनाजु एउटा समस्या परेको थियो । हुन त पहिले लगेको पनि तिर्न बाँकी छ । तर म अर्काे महिना लाग्ने बित्तिकै चुक्ता गर्छु ।’

    यति भन्ने बित्तिकै उनले कुरो बुझिहाले । उसले पैसा माग्न आएको हो भनेर । तर उनी कृतघ्न र निष्ठुरी बन्न चाहेनन् । अलि पुण्यात्मा विचार भएका उनले उदारमनाका साथ भने, ‘पैसा भनेको चिज बाचुन्जेल चल्ने चलाउने त हो नि । मरेर कस्ले पो लगेको छ र ! सधै सबैसँग हुँदा पनि हुँदैन । कहिले मसँग हुन्छ, कहिले तिमीसँग । बरु कति चाहिएको पो हो तिम्लाई ?’
    ‘दश हजार जति चाहिएको हो भिनाजु चिन्ता नलिनोस् अर्काे महिनामा पहिलाको बाँकी रकम पनि फर्चे गर्छु ।’ ‘मैले बुझिहाले दोहो¥याउनु पर्दैन । म भित्र दिदीसँग मागेर ल्याउछु’, यति भन्दै उनी थर्कटीबाट उठे । ‘ओइ, बुढी’ ! चिया पनि ल्याइनस , भाई आएर बसेको छ’ भन्दै भित्र पसे ।

    ‘कत्रो कोसेली लिएर आउने भाई हो र हकान्एिर जाउ त नि, यहाँ दही मोथ्दामोथ्दै । गोरु बेचेको साइनो जस्ता भाइ आउछन्, जान्छन्’, दिदी चाहिले आवश्यकता भन्दा चर्काे बोली । बाहिर बसेको आलोक ले टक्लक्क सुन्यो । जाउ कि बसौ जस्तो भयो । तर आफ्नो हालतले गर्दा उ त्यहाँबाट हिड्न सकेन । दिदी भनाउँदी को पिरो बचन पनि हलचल नगरी पचायो । पैसा हातलागी हुने कुरामा पनि उसलाई ग्यारेन्टी लागेन । उसको रुखो वचन सुन्दा दुविधा लाग्यो । ति दुई बीच केही क्षण गलफति भयो ।

    ‘त्यसरी चर्काे नबोल न, उसले सुन्छ,’ भनेको समेत बाहिर सनियो । अझ दिदी चाहिँले भनेको ,‘ अरु कुरा गर्नाेस पैसा को कुरा नगर्नाेस् । त्यसलाई पैसा दिनु भनेको कुकुरलाई मासु पँैचो दिनु जस्तो हो’ कुराले आलोकको मन नराम्ररी हुडुल्यो । तैपनि सोच्यो, दिदी जे जस्ती भएपनि भिनाजु सज्जन छन् । दिदीलाई सम्झाई बुझाई गरी पैसा ल्याउलान् नि ।
    बिचरा आलोकसँग अर्काे विकल्प थिएन ।

    भिनाजु भित्रबाट बाहिर निस्किए । लोलोपोतो पारामा पैसा नभएको जानकारी दिए । आलोक खिस्रिक्क मस्यौराको जस्तो अनुहार पारेर बाटो लाग्यो । केही उपाय लाग्छ कि ! झिनो आशा लिएर एका–दुई घर डुल्यो । उसलाई कसैले पनि सापटी पैसा दिन तयार भएनन् । उसको पुरानो रेकर्डले गर्दा आफ्नै गाउँ पनि उसलाई विरानो मुलुक भयो । कोही पनि आफन्त, कोही पनि साथीभाई, कोही पनि शुभ चिन्तक उसका भएनन् । उसको पीर मर्काको व्यवहार बुझ्न चाहेनन् । उ रित्तो हात र सुनसान मन लिएर घर फर्कियो । उ आँगनमा टेक्दा आश्विनी गुन्द्रक ढुङ्ग्रामा खाँदिरहेकी थिई । त्यो काम छोडेर सुकेको सुठो ठहरमा राखी । खाँवामा झुन्डिएको रेडियो बजिरहेको थियो ।

    यसो त त्यस घरमा मनोरञ्जनको साधन भन्नु एक मात्र रेडियो थियो । त्यो पानासोनिक रेडियो अश्विनीले दाइजोमा ल्याएकी थिई । दाइजोमा रेडियो दिन्थे कि के गर्दथे ? आलोकले नै शर्त राखेको थियो, ‘विहेमा रेडियो दिनुुपर्छ, बरु घडि नदिए पनि हुन्छ ।’ त्यस पछि उसका बाबुले रेडियो दिएका हुन । त्यसरी ल्याएको रेडियाले श्रीमतीको भन्दा बढि महत्व पाएझँै लाग्थ्यो । किनकी जति बेला पनि उ रेडियो काधमा भिरेर तल्लो गाँउ, डाँडा गाउँ डुल्थ्यो । कसैसँग कुरा गर्दा पनि रेडियोले भनेको समाचार मिसाउथ्यो । बिहान उठेदेखि बेलुकासम्म रेडियो सुन्दा अश्विनीले आलोचना गर्दथी, ‘यसरी एकनासले बजाएर कति फारु हुन्छ र बेट्रि ? खर्च कसरी पु¥याउन सकिन्छ बेट्रिलाई ? अब त सम्चार र घरि घरि लोक गीत आउँदा मात्र खोल्नोस्,’ आश्विनीले भनेको आलोक टेरपुच्छर लाग्दैनथ्यो । जति बेला पनि रेडियोको कान बटारिहाल्थ्यो । त्यसरी सुन्दा उसलाई आनन्द र शान्त लाग्थ्यो ।

    त्यतिविध्न प्रियकर बनेको रेडियो त्यतिखेर उसलाई झर्काे लाग्यो । रेडियो बन्द ग¥यो । अश्विनीले उसको मुहारमा पुलुक्क हेरी । उसको मुड जथाभावि बिग्रेको देखी । केही बोल्न मनासिब ठानिन । तैपनि झिनो स्वरमा भनी, ‘एक बजेको सम्चार आउन लागेको छ, खोल्नु भएको भए पनि हुन्थ्यो क्यारे नि ।’

    आलोकले मन नलागिनलागि रेडियो खोल्यो – ‘यो रेडियो नेपाल हो, राम नेपालीबाट समाचार सुन्नुहोस्’ आलोकले कान टाढा बनायो, समाचार आइरहेको थियो……..‘जापानी सरकारले नेपाल सरकारलाई ५५ करोड बराबरको ऋण अनुदान दिने भएको छ, त्यस्तै चिनियाँ सरकारले दिने भनेको एक अर्ब चालिस करोड बराबरको ऋण सहायतामा दुवै देशका प्रतिनिधि बीच आज सम्झौतामा हस्ताक्षर भएको छ,………. रेडियोले अझ के के भन्दै थियो । समाचार पुरा भएको थिएन, आलोकले खाँबामा झुण्डाएको रेडियो बलजबस्ती तान्यो । रेडियोको डोरी चुँडिएर हातमा आयो । अनि उसले त्यो रेडियो न्वारान देखिको बल प्रयोग गरेर पर्खालमा बजा¥यो । रेडियो टुक्रा टुक्रा भएर फुट्यो ।

    आश्विनी छक्क परी । उसको रोद्रचण्डी रुप देखेर के बोलौ ; के बोलौ भइ । उसले केहि नभन्दै आलोकले नै भन्यो, ‘यहाँ आफुले गाउँ डुल्दा दश ओटा हजार कसैले पत्याएनन् । यो जाबोले भने करोड र अरबका कुरा गर्छ । मलाई हिस्सी गर्छ ।’

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.