• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण


  •    अभियान हाम्रो / बिहिबार, बैशाख ०६, २०८१  

  • पोखरा

    यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छैठौ दिन बिहीबार पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरी खाद्यान्न सामाग्री वितरण गरेको हो ।

    खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरि खाद्यान्न सामाग्री वितरण गरेकोमा क्लव परिवार प्रति आभार प्रकट गर्दै यूनाइटेड क्लबको सामाजिक कार्यलाई लक्षित गरि आगामी आर्थिक वर्षदेखी वडाले रातो किताबमा समेटेर बजेट बिनियोजन गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै पछिल्लो समय कुष्ट प्रभावितहरुको संख्या विस्तारै वढ्दै गएको र आफ्नो वडामा समेत हाल ४ जना मानिसमा कुष्टरोग देखा परेकाले यसको बारेमा सचेत बन्दै जनचेतना फैल्याउन आवश्यक रहेको समेत वताए ।

    सो अवसरमा वोल्दै नेपाल कुष्ठरोग निवारण संघका केन्द्रीय उपाध्यक्ष नारायण शर्माले महोत्सव गर्नु आफैमा गार्हाे काम भएका बताउदै गाह्रो कामबाट बचत भएको रकम सामाजिक सेवामा खर्चिनु अत्यन्तै श्रहानिय काम भएको वताए । कुष्ठरोग निवारण संघ कास्कीका अध्यक्ष सुभाष तझ्याले पोखरा आरोग्य आश्रम कुष्ठ प्रभावितहरुका लागि स्थापना गरिएको वताउदै हाल संघमा १३ जना आश्रित रहेको र उनीहरुलाई विभिन्न संघ संस्था तथा ब्याक्तिहरुको सहयोगमानै खाद्यान्न उपलब्ध गराउदै आइरहदा यूनाइटेड क्लबको सहयोग पाउदा आफुहरु गौरवान्वित भएको वताए ।

    संघको सम्योजनमा कुष्ठ प्रभावितहरुलाई लक्षित गरी पोखराको लामतरामा १८ र ठूलिमझुवामा १२ परिवारलाई बासस्थानको ब्यवस्था मिलाएको भएतापनि उनीहरुले सरकारबाट भत्ता बाहेक केही नपाएको उनको भनाइ रहेको थियो ।

    उक्त बस्तीहरुका १८ जना विद्यार्थीहरुले छात्रवत्ति मार्फट पढाइ भइरहेको समेत उनले वताए । कार्यक्रममा यूनाइटेड क्लबका कार्यसमिति सदस्य तथा खाद्यान्न वितरण कार्यक्रमका संयोजक पूर्ण कुमार श्रेष्ठले यूनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा गत बैशाख १ गते देखी सप्ताहब्यापी कार्यक्रम गर्दै आइरहेको र सोही क्रममा छैठौ दिनको दिन पोखर आरोग्य आश्रममा आश्रितहरुलाई खाद्यान्न वितरण गरिएको वताए ।

    कार्यक्रममा वोल्दै यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत वैशाख १ देखी ७ गते सम्म शिक्षा, स्वास्थ्य, विभिन्न आश्रमहरुमा पुगी खाद्यान्न तथा विभिन्न सहयोग गर्दै आइरहदा छैठौ दिन पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण गरेको वताए ।

    क्लबले सेती नदी संरक्षणका लागि समेत रकम छुट्याउदै आएको र सेती नदी संग जोडिएका पोखरा महानगरका वडा हरु संग सहकार्य गरेर सेती नदीमा साहसिक पर्यटकीय गन्तब्य बनाउनका लागि समेत सहकार्य गर्न तयार रहेको अध्यक्ष श्रेष्ठले वताए । क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.