तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले भारत बिहार घर भएका २१ वर्षीय चन्द्रेश्वर विनलाई वैशाख ४ गते जन्म कैदको फैसला गरेको छ ।
जिल्ला अदालतकी न्यायाधीश निर्मला शर्मा सुवेदीको इजलासले बलात्कार कसूर ठहर गर्दै जन्मकैद सजाय फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विष्णु आचार्यले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७८ चैत १० गते बलात्कार गरेको पीडितकी आमाले ०७८ चैत १५ गते इलाका प्रहरी कार्यालय, रत्ननगरमा उजुरी दिनु भएको थियो ।
प्रहरीले आरोपितलाई चैत १५ गते गिरफ्तार गरी गरेको थियो । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले ०७९ वैशाख ६ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते भतरपुर अस्पतालमा गरिएको थियो ।








