• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा १२ बासीलाई युआरएलमा ३० प्रतिशत छुट


  •    अभियान हाम्रो / मङ्गलबार, बैशाख ०४, २०८१  

  • पोखरा, वैशाख

    पोखरा महानगरपालिका वडा नम्बर १२ का बासिन्दाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) का सबै सेवामा ३० प्रतिशत छुट पाउने भएका छन् । युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः२०१५ प्राप्त रेफरेन्स ल्याब हो ।
    छुटसम्बन्धी सम्झौतामा वडाबासीको तर्फबाट वडाध्यक्ष सन्तोष बास्तोला र युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले सोमबार हस्ताक्षर छन् । गएको शनिबारदेखि लागू भएको छुट सम्झौता २०८३ चैत मसान्तसम्म लागू हुनेछ । वडाध्यक्ष बास्तोला स्थानीयलाई सहज तवरले प्रयोगशाला सेवा दिन सम्झौता गरिएको बताउँछन् । पछिल्लो जनगणनाअनुसार पोखरा १२ को जनसंख्या १२ हजार ७ सय १० छ ।

    ‘हामी पोखरा १२ का बासिन्दालाई स्थानीय सरकारको आभास दिने गरी काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘केही दिनअघि ज्येष्ठ नागरिकलाई सित्तैमा स्वास्थ्य सेवा दिन शिविर आयोजना ग¥यौं । यो सम्झौताले सरकारी र निजी अस्पतालमा नहुने र बाहिर गर्नुपर्ने महंगा जाँच र नियमित स्वास्थ्य परीक्षण गरिरहने वडावासीलाई सहज हुनेछ ।’ चाँडै सरकारी स्कुलमा छोराछोरी पढाउने अभिभावकको बिमा वडा कार्यालय नै गरिदिने योजना ल्याउने उनको भनाइ छ ।

    युआरएलले अहिलेसम्म एक सय चार संघ, संस्थासँग छुटसम्बन्धी सम्झौता गरिसकेको छ । युआरएल अध्यक्ष पन्तले प्रधान कार्यालयसहित सबै शाखाबाट पोखरा १२ का बासिन्दाले छुट पाउने जनाए । ‘युआरएलको हस्पिटलचोक शाखा पोखरा १२ मै छ । पोखरेलीलाई सहज र सुलभ तवरले अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला सेवा दिन स्थानीय सरकारसँग सहकार्य गरेका हौँ,’ उनले भने ।

    युआरएलले आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी एक सय ६७वटा स्वास्थ्य शिविर आयोजना गरिसकेको छ । यी शिविरमार्फत् अहिलेसम्म एक लाख ८० हजारले सित्तैमा सेवा लिइसकेका छन् । युआरएलले नयाँ वर्षको अवसरमा वैशाख महिनाभर प्रधान कार्यालय न्युरोडसहित सबै १८ शाखाका सबै सेवामा ३० प्रतिशत छुट दिइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.