• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बुटवलको सुप्रिम सहकारीको सवा १४ करोड गोर्खा मिडियामा, रविको नाममा २ करोड सुप्रिम सहकारीको सवा १४ करोड गोर्खा मिडियामा, रविको नाममा २ करोड

"बुटवलको सुप्रिम सहकारीको सवा १४ करोड गोर्खा मिडियामा, रविको नाममा २ करोड सुप्रिम सहकारीको सवा १४ करोड गोर्खा मिडियामा, रविको नाममा २ करोड "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, बैशाख ०४, २०८१  

  • बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको छ । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको पाइएको छ ।

    गोरखा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो ।

    टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा हालका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । त्यो बेला राईसँग ८० प्रतिशत (१० लाख २० हजार कित्ता) र रविसँग १५ प्रतिशत शेयर थियो ।
    गितेन्द्रबाबु र उनको समूहले काठमाडौं, बुटवल, पोखरा, चितवन, वीरगञ्ज लगायतका शहरमा सञ्चालन गरेको सहकारीको करोडौं रकम ग्यालेक्सी टीभीमा लगानी देखिएको छ ।

    बुटवलको सुप्रिम सहकारीको मात्र १४ करोड २९ लाख ३६ हजार रुपैयाँ टीभीमा लगानी भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

    मिति रकम (रु) को मार्फत
    २०७७/१०/२८ दुई करोड ५० लाख छविलाल जोशी
    २०७८/०१/०९ तीस लाख गोर्खा मिडिया नेटवर्क
    २०७८/०३/२२ एक करोड तीन लाख ३६ हजार कुमार रम्तेल
    २०७८/०९/१२ एक करोड ५६ लाख १५ हजार विपिनकुमार आचार्य
    २०७७/०६/११ एक करोड गोर्खा मिडिया नेटवर्क
    २०७८/०१/०५ एक करोड गोर्खा मिडिया नेटवर्क
    २०७७/१२/१८ दुई करोड रवि लामिछाने
    २०७८/०३/३१ तीन करोड ३० लाख भुपेन्द्रबाबु राई
    २०७८/०३/०४ एक करोड गोर्खा मिडिया नेटवर्क
    २०७८/०६/१३ ५० लाख गोर्खा मिडिया नेटवर्क
    २०७८/०६/२४ २५ लाख गोर्खा मिडिया नेटवर्क

    इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सोमबार सहकारी ठगीको मुद्दा दायर गरेको छ । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।

    त्यसमध्ये अधिकांश रकम गितेन्द्रबाबु र उनको समूहले सञ्चालन गरेको कम्पनीहरुमा गैरकानुनी रुपमा लगानी गरिएको छ ।

    सुप्रिमको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोरखा मिडिया नेटवर्कको विभिन्न बैंक खातामा लगेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्र अनुसार सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कको खातामा लैजाँदा कुनै पनि प्रक्रिया पूरा गरिएको छैन ।

    ५ करोड १५ लाख रुपैयाँ पेश्की लगानी भएको थियो भने ५ करोड ८४ लाख ३६ हजार रुपैयाँ विभिन्न व्यक्तिको नाममा कर्जा स्वीकृत गरेर गोर्खा मिडिया नेटवर्कको बैंक खातामा जम्मा गरिएको छ ।

    यसबाहेक सहकारीबाट गोर्खा मिडिया नेटवर्कले विभिन्न मितिमा ३ करोड ३० लाख रुपैयाँ पेश्की लिएको थियो । यो पेश्की रकम २०७८ असार ३१ गते भुपेन्द्रबाबु राईको नाममा ऋण कायम गरेर गोर्खा मिडियाले लिएको पेश्की सेटल गरिएको अभियोगपत्रमा उल्लेख छ ।

    रविकै नाममा २ करोड

    गितेन्द्रबाबु समूहले चलाएका सहकारीहरुमा भएको अनियमितालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठ्दै आएको छ ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रविको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गरेको छ । तर रविले अनियमितामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् भने सरकार र सत्तारुढ दलहरुले पनि उनको बचाउ गरेका छन् ।

    तर प्रहरी अनुसन्धानले भने सुप्रिम सहकारीको सवा १४ करोड भन्दा बढी रकम रवि १५ प्रतिशत शेयर सदस्य भएकै बेला गोर्खा मिडिया नेटवर्कमा आएको देखाएको छ ।

    यसमा २ करोड रुपैयाँ त रविकै नाममा व्यापार कर्जा स्वीकृत गरेर ल्याएको खुलेको छ । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोखा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा गरेको थियो ।

    ‘संस्थाको बचत सदस्य रवि लामिछानेको नाममा कुनै प्रक्रिया पूरा नगरी ऋण लगानी गरेको’ अदालतमा दायर अभियोगपत्रमा भनिएको छ, ‘भौचर सदर गर्ने सागर केसी, रकम जम्मा गर्ने रोसनी गुरुङ ।’ सागर केसी सहकारीका व्यवस्थापक हुन् भने रोशनी लेखा शाखामा काम गर्ने कर्मचारी हुन् ।

    ५ वैशाख २०७८ मा गोर्खा मिडियाको नाममा १ करोड रुपैयाँ पेश्की निकालेर जम्मा गर्दा रकम जम्मा गर्ने रोशनीसँगै रवि लामिछाने भएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

    रास्वपा सहमहामन्त्री आचार्य पनि जोडिए

    सुप्रिम सहकारीको रकम अपचलनमा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य पनि मुछिएका छन् ।

    अभियोगपत्रअनुसार १२ पुस २०७८ मा विपिनको नाममा १ करोड ५६ लाख १५ हजार ऋण खडा गरेर यो रकम गोर्खा मिडियाको खातामा पैसा जम्मा गरेको पाइएको छ ।

    यस्तै ६ कात्तिक २७७ मा विपिनकै नोबडी प्रोडक्सन कम्पनीको बैंक खातामा ७५ लाख रुपैयाँ जम्मा गरेको देखिएको भन्दै अदालतमा दायर अभियोगपत्रमा भनिएको छ, ‘उक्त ऋणीबाट सहकारीलाई सवा ब्याज केही पनि प्राप्त भएको देखिँदैन ।’

    गोर्खा मिडिया नेटवर्कमा गएको सुप्रिम सहकारीको रकम 

    साभार अनलाइन खबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.