• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कुँवरको नेतृत्वमा युवा सङ्घ नेपाल कास्कीद्वारा वृद्धाश्रममा फलफूल तथा खाद्यान्न वितरण


  •    अभियान हाम्रो / आइतबार, बैशाख ०२, २०८१  

  • पोखरा,वैशाख
    युवा सङ्घ नेपाल कास्कीले नयाँ वर्षको अवसरमा पोखरा १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा फलफूल तथा खाद्यान्न वितरण गरेको छ ।  अध्यक्ष मिलनजंग कुँवरको नेतृत्वमा सो कार्यक्रम गरिएको सङ्गठनले बताएको छ ।
    कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश कमिटी इन्चार्ज तुल बहादुर गुरुङ, पार्टीको कास्की जिल्लाका अध्यक्ष खड्ग हमाल, प्रदेशका सदस्यहरू प्रेम पौडेल र नवराज पहारी लगायतका नेता कार्यकर्ताहरू सहित अनेमसंघको समेत सहभागिता रहेको थियो ।  कार्यक्रमका प्रमुख अतिथि पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश कमिटी इन्चार्ज तुल बहादुर गुरुङले ज्येष्ठ नागरिकहरू प्रति युवाहरूको सम्मान र उनीहरू प्रति गहिरो चिन्ताका रूपमा आफूले लिएको बताउनुभयो । अग्रज पुस्ताको अनुभवलाई ग्रहण गर्दै उपयुक्त मार्गदर्शनका लागि समेत ज्येष्ठ नागरिकहरूको सम्मान आवश्यक रहेको उहाँले बताउनुभयो ।
    पार्टीको कास्की जिल्लाका अध्यक्ष खड्ग हमालले वैचारिक रूपमा राजनीतिक संलग्नता र सामाजिक सेवा भावको तादम्यता युवा पुस्ताहरूमा जीवित रहेको उदाहरणका रूपमा आफूले आजको कार्यक्रमलाई लिएको बताउनुभयो । सामाजिक रूपमा उपेक्षित नागरिकहरूको आश्रय स्थलका रूपमा रहेको पवित्र वृद्धाश्रममा युवाहरूको सहयोग निकै प्रभावकारी र अर्थपूर्ण हुने उहाँले बताउनुभयो ।  सङ्घका अध्यक्ष मिलनजंग कुँवरले सम्मानित अभिभावकहरूको सेवामा समर्पित हुन पाउँदा खुसी लागेको बताउनुभयो । आफूहरूको सहयोग परिमाणका हिसाबले सानो भए पनि आवश्यकता र खाँचोमा यो निकै महत्त्वपूर्ण हुने बताउनुभयो ।
    युवाहरूलाई सामाजिक सेवामा लाग्न प्रेरणा र सही मार्गदर्शनको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकहरूको आर्सिंवादले असल दिशानिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो । यस प्रकारको सहयोग पार्टी र सङ्गठनको तर्फबाट निरन्तर गर्दै जाने उहाँले बताउनुभयो । यसैबिच नयाँ वर्षको अवसरमा पार्टी कार्यालयमा चियापान सहित शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.