• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मानव सेवा आश्रममा आश्रितलाई भोजन सेवा गराई यूनाइटेडको साताब्यापी कार्यक्रम शुरु


  •    अभियान हाम्रो डट कम / शनिबार, बैशाख ०१, २०८१  

  • पोखरा

    यूनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसर पारी शनिवार देखी साताब्यापी कार्यक्रम शुरु गरेको छ । साताब्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिवार एक कार्यक्रमका बिच पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन सेवा प्रदान गरेको छ ।

    सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहदा १४ औं वार्षिकोत्सव सम्म आइपुग्दा अतिनै श्रहानिय र उदारहणीय काम गरेको वताए । क्लबले महोत्सवको आयोजना गरी महानगर भित्र आर्थिक चलायमान गर्ने काम गरेको वताउदै युनाइटेड क्लबले गर्ने हरेक गतिविधीलाई महानगरले साथ र सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे ।
    यूनाइटेड क्लबले यसअघि पनि मानव सेवा आश्रममा आयोजित महायज्ञ र अन्य अवसरमा पनि सहयोग गरेको आफुलाई अवगत भएको वताउदै तिमिल्सिनाले मानवसेवा जस्ता क्षेत्रमा यूनाइटेड क्लबले गरेको कामको प्रशंसा गरे ।

    सो अवसरमा वोल्दै मानव सेवा आश्रम कास्की जिल्ला संयोजक सदिस पुनले मानव सेवा आश्रममा आश्रितहरुलाई लक्षित गरी यूनाइटेड क्लबले भोजन दान गरेकोमा धन्यवाद ब्यक्त गरे । क्लका पूर्व अध्यक्ष सुक बहादुर गुरुङले यूनाइटेड क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र हरेक वर्ष स्थापना दिवसको अवसर पारी साताब्यापी कार्यक्रमहरु गर्दै आइरहेकोमा यो पटक मानवहरुको सेवा गरी साताब्यापी कार्यक्रम सुरु गर्न पाउदा खुसी लागेको वताए ।

    क्लबका कोषाध्यक्ष तथा भोजन सेवा कार्यक्रमका संयोजक सूर्य बहादुर बानियाँले यूनाइटेड क्लबले पोखरा महोत्सव सञ्चालन गरी विभिन्न विद्याका सामाजिक क्षेत्रहरुमा कार्यहरु गर्दै आइरहदा मानव सेवा आश्रममा समेत यूनाइटेड क्लबले भोजन सेवा कार्यक्रमको आयोजना गर्न पाउदा आफ्नो संस्था गौरवान्वित भएको वताउदै अन्य संघ संस्थाहरुलाई पनि साताब्यापी कार्यक्रममा सहयोग गर्ने वताए ।

    यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले हरेक वर्ष आयोजना गर्ने साताब्यापी कार्यक्रमको शुरुवात पोखरामा रहेका वृद्धाश्रमहरुबाट शुरु गर्दै आइरहेको र यस पटक मानव सेवा आश्रमबाट साताब्यापी कार्यक्रम शुरु गर्न पाउदा साच्चैनै मानवकै लागि सेवा गरेको आभाष भएको वताए । क्लवले यस पटक मात्र नभइ मानव सेवा आश्रमको भवन निर्माणका लागि आयोजित महायज्ञमा समेत १ लाख ११ हजार १ सय ११  रुपैया सहयोग गरेको र त्यसभन्दा अगाडि पनि पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा भाँडाकुँडा र खाद्यान्न सामाग्री वितरण गरेको वताए ।

    क्लवका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।
    यसैबिच क्लबले शनिवारनै पोखरा १५ मा रहेको राष्ट्रिय परोपकार महासंघ नेपाल वडा इकाई समिति द्धारा सञ्चालित परोपकार जेष्ठ नागरिक मिलन केन्द्र शिद्धेश्वर शिव मन्दिर भजन मण्डलीमा आवद्ध महिला सदस्यहरुलाई पोषक वितरणका साथै केन्द्रमा आवद्धहरुलाई भोजन सेवा प्रदान गरिएको महासचिव सुनारले जानकारी दिए ।

    साताब्यापी कार्यक्रम अन्तर्गत आइतबार दोश्रो दिन पोखरा १४ छिनेडाँडा स्थित शुक्रराज वलभद्र माविमा खेलकुद सामाग्री वितरण कार्यक्रम रहेको क्लबले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.