• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कश्यप तपोधाममा गुरुहरुको एक महिने ध्यान समापन, रुद्राभिषेक तथा गुरुहरुबाट आशिर्वचन ग्रहण कार्यक्रम सम्पन्न


  •    अजय क्षेत्री / शनिबार, बैशाख ०१, २०८१  

  • पोखरा-२४ कास्कीकोट स्थित कश्यप तपोधामको प्रचार प्रसारको लागी गुरुहरुद्वय परमहंस स्वामी कल्याणमित्र र ध्यान गुरू पेमा झाङको एक महिने ध्यान समापन, रुद्राभिषेक तथा गुरुहरुबाट आशिर्वचन ग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

    पोखरा-२४ का युवाहरूको संस्था हाम्रो कास्कीकोट युवा सञ्जालले आयोजना गरेको उक्त कार्यक्रममा कश्यप तपोभूमीमा बिगत एक महिना देखि विश्वशान्ति ध्यानकेन्द्र शंखु नयाँपाटी धुलिखेल तथा पेमाझाङ स्पिरिचुअल स्कुल बनेपा काभ्रेको संयुक्त तत्वावधानमा ध्यानमा बस्नुभएका ध्यानगुरुहरु द्वय: परमहंस स्वामी कल्याणमित्र र पेमाझाङलाई सम्मान-पत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरी ध्यान गुरुहरुबाट उपस्थित सबैले रुद्राभिषेक तथा आशिर्वचन ग्रहण गर्नुभएको थियो ।

    तपस्वी गुरु परमहंस स्वामी कल्याणमित्रले कश्यप तपोभूमि नेपालकै सुन्दर र शान्त ठाउँमा रहेको हुनाले ध्यान गरि ज्ञान प्राप्त गर्न सकिने तथा सो ठाउँको प्रवर्द्धन गर्न आँफु सधैं आउने वाचा प्रतिबद्दता गर्नुभयो । साथै अर्का तपस्वी पेमाझाङले ‘यो ठाउँको शक्तिले गर्दा आँफु १३ दिन देखि निराहार तपस्या गरेको’ कुरा बताउनु भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर-२४ का अध्यक्ष भरत बहादुर अधिकारीले कास्कीकोटको ऐतिहासिक पृष्ठभूमिलाई बर्तमानमा चरितार्थ पारि कश्यप तपोभुमिलाई प्रवर्द्धन गर्न तपस्वी गुरुहरुले महत्वपूर्ण योगदान दिएकोमा वडाबासीको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    त्यस्तै पूर्व वडा अध्यक्ष ओम सुबेदीले संजालका गतिविधिको मुक्तकण्ठले प्रशंशा गर्दै कश्यप तपोभूमिसँगै छिट्टै बन्न लागेको नेपाल वृन्दावन धामले कास्कीकोटको मुहार फेर्ने कुरामा जोड दिनुभएको थियो ।
    कार्यक्रममा संजालका सल्लाहाकार संयोजक राम प्रसाद शर्मा, पुर्व संयोजक हेम सुबेदी, गुप्तकालिका धार्मिक क्षेत्र विकास समितिका सचिब ठाकुर प्रसाद त्रिपाठी, कश्यप तपोभुमि क्षेत्र समितिका अध्यक्ष आनन्द प्रसाद अधिकारीले कश्यप तपोभुमि र संजालका गतिबिधि बारेमा बोल्नु भएको थियोे । सोही अवसरमा ठाकुर प्रसाद त्रिपाठी र आनन्द प्रसाद अधिकारीले गुरुहरुको आवश्यक व्यवस्थापनमा सहयोग गर्नुभएकोमा वहाँहरुलाई युवा संजालको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो ।

    संजालका संयोजक बिशाल तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ब्यबस्थापन संयोजक तिर्थराज अधिकारीले गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.