• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सूर्य ग्रहणका दिन ज्योतिषले दिइन श्रीमानको बली!

"सूर्य ग्रहणका दिन ज्योतिषले दिइन श्रीमानको बली! "

  •    अभियान हाम्रो डट कम / शनिबार, बैशाख ०१, २०८१  

  • अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागेपछि श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन्। त्यसपछि उनले आफ्ना दुवै छोरीलाई चलिरहेको कारबाट बाहिर फालिन। उनले आफ्नो कार रुखमा ठोक्काइन, जसका कारण महिलाको पनि मृत्यु भएको छ।

    लस एन्जलस टाइम्सका अनुसार ती महिला सूर्य ग्रहणलाई लिएर चिन्तित थिइन्। उनी मानिसबाट नकारात्मक ऊर्जा हटाएर राशिफल मार्फत भविष्य बताउँथिन्। भर्खरै उनले आफ्नो वेबसाइटमा लेखेकी थिइन्, ‘यो सूर्यग्रहण आध्यात्मिक युद्धको चेतावनी हो, यस्तो अवस्थामा आफ्नो हृदय शुद्ध राख्नुहोस् र आफ्नो सुरक्षामा ध्यान दिनुहोस्।’

    ड्यानियलले थप लेखेकी थिइन, ‘संसार धेरै छिटो परिवर्तन हुँदैछ। यस्तो अवस्थामा हामीले कुन पक्षमा बस्ने भनेर रोज्ने समय आएको छ।’

    ८ अप्रिलमा ग्रहणको दिन बिहान श्रीमानको छातीमा छुरा हानेकी ड्यानियलले राति ९ वर्षीया र ८ महिनाकी छोरीलाई कारबाट बाहिर फालिन। ८ महिनाकी बालिकाको मृत्यु भएको छ भने ९ वर्षीया बालिका उपचाररत छन्। त्यसपछि ड्यानियलले कार एउटा रूखमा ठोक्किन। आधा घण्टापछि घटनास्थलमा प्रहरी पुगेको थियो। प्रहरी अनुसन्धानले कार १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको खुलेको छ।

    त्यसपछि मात्र प्रहरी टोली डेनियलको घरमा पुगेको थियो। जहाँ प्रहरीले डेनियलका श्रीमानको शव फेला पार्यो । धेरैले श्रीमानको हत्यालाई बलि परम्परासँग जोडेका छन्।

    अमेरिकी समुदायमा ग्रहणको बारेमा धेरै विश्वास र अन्धविश्वासहरू कायमै छन्। ग्रहणहरू लामो समयदेखि संसारको अन्त्यको भविष्यवाणीहरूसँग सम्बन्धित छन्। यद्यपि, वैज्ञानिकले भने यी दाबीहरूको वास्तविकतामा कुनै आधार नरहेको बताइरहेका छन्। सोमबारको सूर्यग्रहण अमेरिकाबाहेक मेक्सिको र क्यानडामा पनि देखिएको थियो । यस अवधिमा दिउँसै अन्धकार छाएको थियो । ४ मिनेट २८ सेकेन्डसम्म अँध्यारो भएको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.