• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लमजुङको मध्यनेपाल नगरपालिका-४ दुईपिप्लेमा श्रीमान्‌को कुटपिटबाट गम्भीर घाइते ४० वर्षिया उजेली गुरुङको मृत्यु

"लमजुङको मध्यनेपाल नगरपालिका-४ दुईपिप्लेमा श्रीमान्‌को कुटपिटबाट गम्भीर घाइते ४० वर्षिया उजेली गुरुङको मृत्यु "

  •    अभियान हाम्रो डट कम / शनिबार, बैशाख ०१, २०८१  

  • सप्तरीको साविक बरही बिरपुर गाविस ६ (हाल छिन्नमस्ता गाउापालिका १) घर भइ हाल मध्यनेपाल नगरपालिका-४ दुइपिप्ले बस्दै आएका सितोराम दासले आफ्नै श्रीमती गुरुङलाई बाँसको भाटा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

    इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक राजाराम खड्काका अनुसार चैत २३ गते राति १० बजेतिर दासको कुटपिटबाट श्रीमती गुरुङ गम्भीर घाइते भएका थिए । पोखरास्थित गण्डकी अस्पताल लगेर उपचार भइरहेकोमा उपचारको क्रममा बिहीबार बिहान १० बजेतिर गुरुङको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।

    प्रहरीका अनुसार कामकाजको सिलसिलामा सितोराम दास करीब २५/२६ वर्ष पहिला लमजुङको मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेमा आएर बसेको खुलेको छ । उनले नजिकै छिमेकी जिल्ला तनहुँको व्यास नगपालिका ८ बर्लाछीकी उजेली गुरुङसँग विवाह गरी त्यसयता दुइपिप्लेमा संगै बस्दै आएका थिए ।

    घरमा समेत नबसी बाहिर–बाहिर हिँड्ने र बस्ने गरेका सितोराम दासले उक्त राती घरमा आएर श्रीमतीमाथि अन्दाधुन्दा बाँसको भाटा प्रयोग गरेको प्रहरीले बताएको छ । उनको कुटपिटबाट श्रीमती उजेलीको टाउको, ढाड लगायत विभिन्न भागमा चोट पुर्‍याएपछि उपचारको लागि रातारात पोखरा लगिएको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक खड्काले बताए । गण्डकी मेडिकल कलेजको आइसीयुमा भर्ना गरेर उपचार भइरहेकोमा उजेलीको बिहीबार बिहान मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले घटनामा संलग्न दासलाई २४ गते नै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको बताए । सुरुमा उनलाई जिल्ला अदालतबाट २५ गते दिन ७ को म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान कार्य अघि बढाएको थियो । उपचारको क्रममा घाइतेको मृत्यु भएपछि दासमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइने सूचना अधिकारी चपाईंले बताए ।

    दास र गुरुङ दम्पत्तिबाट १ छोरा र १ छोरी छन् । छोरीको २ वर्षअघि नै विवाह भइसकेको छ । छोरा आमा उजेलीको साथमा बस्दै आएकी थिइन् । श्रीमानश्रीमती पहिलेदेखि नै झगडा भइरहने भएकाले उजेलीका श्रीमान् दास कहिले घर छोडेर र कहिले घर आउने गर्दै आएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.