स्याङजाको बिरुवा गाउँपालिका–३ धोवादीमा शनिबार जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जीप दुर्घटनामा परेर सोही वडाका २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको हो । बेलबहादुर चालक र भेषबहादुर यात्रु रहेको खुलेको छ । उनीहरू सवार ग १ ज.५९३९ नं. जीप सडकदेखी अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घट्नास्थलमै मृत्यु भएका उनीहरूको शव परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको जिल्ला प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।