पोखरा ,चैत
पोखरा महानगरपालिका वडान १३ आर्वा स्थित नवदुर्गा युवा क्लवको आयोजनामा बिहिवार देखि दोस्रो “नवदुर्गा कप भलिवल प्रतियोगिता २०८० ” शुरू भएको छ ।
प्रतियोगिता बिहिवार शुक्रवार र शनिवार तीन दिन सञ्चालन हुनेछ । १६ वटा टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगिताको विजेताले नगद ३५ हजार तथा उपविजेताले २० हजार नगद शिल्ड ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । तेस्तै प्रतियोगितामा उत्कृष्ट स्पाईकर, वेष्ट बलकर र वेष्ट डिफेन्डरले नगद एक एक हजार एवं मेडल, शिल्ड तथा प्रमाणपत्र पाउनेछन् ।
” युवाका लागी खेलकुद, स्वास्थ्यका लागि खेलकुद”भन्ने मुल नाराका साथ शुरू प्रतियोगिताको उद्घाटन गर्दै समाजसेवी दिपक गुरुङ (माईला) ले पोखरा महानगरपालिका भित्रै रहेको आर्वा गाउँमा सुविधा सम्पन्न खेलकुद का कुनैपनि संरचना निर्माण हुन नसक्नु दुर्भाग्य रहेको बताए । उनले आफ्नो निजि खर्चमा खेलकुदको विकाशका लागि सक्दो सहयोग गर्दै जाने आश्वासन दिए। ‘ मैले आर्वामा युवाहरुले आयोजना गर्ने हरेक खेलकुदका प्रतियोगितामा सहयोग पनि गरेको छु भन्दै समाजसेवी गुरुङले आगामी दिनमा पनि सहयोग गर्दै जाने वचन दिए।
रतनपाण्डे मावि आर्वाको खेल मैदानमा सञ्चालित प्रतियोगिताको उद्घाटन सत्रमा विशेष अतिथिको रुपमा बोल्दै वडान १३ का वडा अध्यक्ष किरण बरालले तेस्रो नवदुर्गा कप भलिवल प्रतियोगिताको मुख्य प्रायोजक वडा कार्यालय रहने भन्दै अर्को वर्षको प्रतियोगिता नवदुर्गा युवा क्लवको आफ्नै खेलमैदान मा गराउने प्रतिवद्धता जनाए । उनले वडाका साविक आर्वा विजयमा खेलकुदका स्तरीय तथा सुविधायुक्त खेलमैदान को अभाव रहेको स्वीकार गर्दै ,आफ्नो कार्यकाल भित्रै केही स्थानमा खेल मैदान निर्माण गरिछाड्ने दावी गरे।
आयोजक नवदुर्गा युवा क्लबका अध्यक्ष मनोज बरालले युवाशक्तीलाई खेलकुद प्रति आकर्षण गराउने , समग्र आर्वाको परिचय सहित आर्वाको प्रशिद्ध महाप्रभुधामलाई प्रमुख धार्मिक तथा पर्यटकीय गन्तब्यका रूपमा परिचित गराउन प्रतियोगिता को आयोजना गरिएको जानकारी दिए।
कार्यक्रममा वडा नं १३ का वडा सदस्य द्वय सचित तामाङ , बलबहादुर बराल, खेलकुद संयोजक सन्त बहादुर थापा, स्थानीय सरास्वती अधिकारी देवकोटा, दोजराज बराल लगायतले खेलकुदका विविध पक्षबारे बोलेका थिए। कार्यक्रममा चर्चित लोकदोहोरी गायक अमर धिताल तथा बाल गायक प्रिन्स लम्सालले विभिन्न लोकदोहोरी गित प्रस्तुत गरेका थिए।








