• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बैशाख १ गतेदेखि ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’ हुने


  •    अभियान हाम्रो डट कम / बिहिबार, चैत २९, २०८०  

  • पोखरा, चैत्र

    पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन भन्ने मूल नारा सहित पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ । पर्यटकीय गन्तव्य पञ्चासेक्षेत्र अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउरालीमा हुने सम्मेलनको तयारी पुरा भएको आयोजक पञ्चासे ईको टुरिजम प्रालिले जनाएको छ ।

    शान्त पर्यापर्यटन र जंगल परिभ्रमणको मूल मान्यता सहित ग्रामीण पर्यापर्यटन प्रवद्र्धन गर्ने हेतुले शान्त पर्यावरणीय मेलाका रुपमा कार्यक्रमलाई अगाडि वढाइको पञ्चासे ईको टुरिजमका अध्यक्ष नवराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार कार्यक्रममा वैशाख १ गते विशेष पर्यावरणीय पदयात्रा गरि उद्घाटन गरिने र वैशाख २ गते विशेष सत्र प्रस्तुतिका रुपमा कार्यपत्र प्रस्तुति सँगसँगै सुनाखरी, चरा र जैविक विविधता अवलोकनको कार्यमूलक सेसन सञ्चालन गरिनेछ ।

    कार्यक्रम अन्तर्गत तेस्रो दिन योगा र आध्यात्म शिविर र जंगल परिभ्रमण पदयात्रा गरि जंगलकै वीचमा सुनाखरी सत्र सञ्चालन गरि कार्यमूलक अवलोकन समेत गरिने पञ्चासे ईको टुरिजमले जनाएको छ ।
    खुला सत्रको सन्देश दिनेगरि सञ्चालन गरिने सम्मेलनमा वक्ताको रुपमा जैविक विविधता विज्ञ डा. हुम गुरुङ, सुनाखरी वैज्ञानिक भक्त वहादुर रस्कोटी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव डा. रामचन्द्र कँडेल, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) गण्डकीका प्रमूख डा. रविन कडरिया, पर्यटन विज्ञ डा. राम्जी शर्मा, पर्यटन विज्ञ डम्वर पुन, चरा विज्ञ मन्सान्त घिमिरे र वुद्धिजीवी डा. अमर नागिला लगायत सहभागी हुने आयोजकले जनाएको छ ।

    कार्यक्रममा स्थानीय साँस्कृतिक कार्यक्रम, ट्होटे र गुरुङ संस्कृतिमा आधारित रोधी समेत प्रस्तुत गरिने छ । सम्मेलनले अन्तर्राष्ट्रिय स्तरमै फरक सन्देश दिएर आगामी सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित गर्दै आवधिक रुपमा सम्मेलन सञ्चालन गर्दै लैजाने आयोजक पञ्चासे ईको टुरिजमको तयारी छ । आगामी वर्षदेखि पञ्चासे ईको टुरिजम प्रालिले पञ्चासे साँस्कृतिक कार्यक्रम, पञ्चासे पर्यापर्यटन महोत्सव र पञ्चासे जैविक विविधता सम्मेलन गरि वार्षिक तीनवटा ईभेन्ट सञ्चालन गर्ने तयारी गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.