पोखरा २८ चैत्र
नेपाली नयाँ वर्यको अबसर पारेर भकुण्डे युवा मञ्च पोखरा १८ भकुण्डेको आयोजनामा प्रथम सेभेन ए साइड वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
बिगतका बर्षहरु झै यस बर्ष पनि खेलक्षेत्रको बिकास ,खेलमार्फत ठाउको पहिचान, सामाजिक सद्भाव बढाउन ,समाज परिवर्तनका लागि खेलकुद भन्ने उद्देश्य अनुरुप भकुण्डे युवा मञ्चले फुटवल कार्यक्रम आयोजना गरेको खेल संयोजक सन्तोष अधिकारीले बताए । आगामी बैशाख २ गते देखि ४ गते सम्म चल्ने प्रतियोगितामा पोखरा महानगरपालिका वार्ड नम्वर १८,२३ र २४ का खेलाडीहरुले मात्र भाग लिन पाउने खेल संयोजक सन्तोष अधिकारीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१हजार १सय ११ ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

दोस्रो हुने टिमले नगद ३१हजार १ सय ११ ट्रफि मेडल प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, सर्बाधिक गोलकर्ता, सर्बोकृस्ट खेलाडी र अनुशाशित टिमले पुरस्कार प्राप्त गर्ने मञ्चका उपाध्यक्ष राजेश थापाले बताए । मञ्चको स्थापनाकाल देखि नै विभिन्न क्षेत्र सामाजिक क्षेत्रमा शक्रिय रहदै आएको छ । प्रतियोगितावाट बचत भएको रकम भकुण्डे खेल मैदान निमार्णमा खर्च गरीने मञ्चका सचिव सुमन थापा क्षेत्रीले जनाए।








