• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तेश्रो मनुश्री÷भिग्नाजित जुनियर टेनिस दर्शिलले जिते दोहोरो उपाधि


  •    अभियान हाम्रो / सोमबार, चैत २६, २०८०  

  • पोखरा  तेश्रो मनुश्री÷भिग्नाजित जुनियर टेनिस प्रतियोगितामा दर्शिल श्रेष्ठले दोहोरो उपाधि जितेका छन् ।

    कास्की जिल्ला टेनिस संघको आयोजनमा आइतबार सम्पन्न फाइनलमा दर्शिलले यू–१६ सिंगल्स र ओपन ब्वाइज डवल्सतर्फ गरी उपाधि जितेका हुन् । उनले यू–१६ सिंगल्सतर्फ सृजन भट्टराईलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे भने ओपन डबल्सतर्फ शास्वत बज्रचार्य संग जोडी बनाएका दर्शिलले स्पन्दन उदास र एड्रिन थापाको जोडीलाई फाइनलमा ६–२, ६–२ को सेटमा पराजित गरे । सिंगल्सतर्फ उपाधि जितेका दर्शिलले नगद रु २० हजार र उपविजेता सृजनले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । त्यसै गरी डबल्सतर्फ दर्शिल र शास्वतको जोडीले नगद रु २० हजार र उपविजेता स्पन्दन र एड्रिनको जोडीको नगद १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    आइतबार सम्पन्न यू–८ ब्वाइज सिंगल्सको रोचक भिडन्तमा जिवाश भट्टराईले कायान चालिसेलाई सुपरटाई ब्रेकमा ११–९, ६–१० र ११–९ ले पराजित गरी पहिलो हुन सफल भए । जिवाशले नगद रु ३ हजार र कायानले नगद रु १ हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । त्यसै गरी यू–९ सिंगल्समा कायानलाई नै इभान भट्टराईले ४–२, ४–१ को सोझो सेटमा पराजित गरी नगद ३ हजारहात पार्दा कायानले नगद रु नगद रु १ हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

    यू–१४ गर्ल्स सिंगल्समा शाल्भी शेरचनले सरिशा शेरचनलाई ६–१, ६–३ ले पराजित गर्दा ब्वाइज तर्फको फाइनलमा सन्दिप विकले दोजन गुरुङलाई ६–०, ६–४ को सोझो सृटमा पराजित गरे । प्रतियोगितामा पहिलो भएका खेलाडीहरुले १५ हजार र दोश्रो हुनेले ७ हजार ५ सय नगदका साथमा मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै यू–१२ अन्तर्गत ब्वाइज सिंगल्समा विश्व विशेष डल्लाकोटीले अर्याशराज पौडेललाई ६–१, ६–४ ले पराजित गरे । विश्वले नगद रु १० हजार र अर्याशले ५ हजार प्राप्त गरेका छन् ।

    बिजेता खेलाडीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार श्री मोहन बहादुर शाही, उनका नातीनी मनुश्री र नाती भिग्नाजित, प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थ, प्रतियोगिताकी संयोजक प्रिती बराल, कास्की टेनिसका कार्यवहाक अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नविन चालिसे, सचिव नविन श्रेष्ठलगायतले मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    यस अघि समापन कार्यक्रममा आफ्ना भनाई राख्दै समाजसेवी तथा प्रतियोगिताका मुख्य प्रायोजक कुमार श्री मोहन बहादुर शाहीले प्रतियोगिताको प्रायोजनलाई आफूले निरन्तरता दिने बताए । उक्त प्रतियोगिता यहि चैत्र २१ बाट सञ्चालन भएको थियो । प्रतियोगितामा विभिन्न उमेर समुहमा करिव ७० खेलाडीहरुले सहभागिता जनाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.