• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जुंगा कालो हुँदै गएका, कपाल पलाएका तर बुद्धि नपलाएका नेता रहेको देशको वर्तमान अवस्था बिग्रनुको प्रमुख कारण ; घनश्याम भुसाल

"जुंगा कालो हुँदै गएका, कपाल पलाएका तर बुद्धि नपलाएका नेता रहेको देशको वर्तमान अवस्था बिग्रनुको प्रमुख कारण ; घनश्याम भुसाल "

  •    अभियान हाम्रो डट कम / आइतबार, चैत २५, २०८०  

  • नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले  शनिबार पार्टी निकट युवा संघ नेपाल कास्कीको ११ औं जिल्ला अधिवेशनलाई सम्बाधेन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  ‘हिजो एउटा ठूलै नेता आएर पोखरामा भनेछन् । मेरो जुंगा कालो हुँदै गएका छन् । कपाल पलाउन थालेको छ भनेछन् । देशको यो अवस्था हुँदा कपाल पलायो, जुंगा काला भए भन्नुको अर्थ के हो ?’ उनले प्रश्न गरे ।

    पोखरामा शुक्रबार केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालमाथि कटाक्ष गर्दै आफ्नो जुंगा कालो हुँदै गरेको र कपाल पलाएको प्रसंग कोट्याउँदै ‘अब २० वर्ष कसैले हल्लाउन सक्दैन’ भनेका थिए ।

    केपी ओली नेतृत्वको नेकपा एमालेले देशका समस्या सामाधान गर्छ भन्नु दिउँसै रात पार्नु सरह भएको भुसालले टिप्पणी पनि गरे । उनले ‘जबसम्म एमालेमा केपी ओली गुटको नेतृत्व रहन्छ त्यतिबेलासम्म एमालेलाई लैजाने भनेको नर्ककै बाटो हो’ भनेका छन् ।

    उनले यसो भन्दा आफूलाई खुशी भने नलाग्ने धारणा राखे । ‘त्यो आसाधारण शक्ति भएको कम्युनिष्ट पार्टीलाई छिन्नविन्न पार्ने, कुनै गल्ति कम्जोरीको महसुस् नगर्ने र अझै नेताहरुको मानमर्दन गर्ने केपी ओली गुटको नेतृत्वको एमालेले यो देशको तमाम समस्या समाधान गर्छ भन्नु दिउँसै रातपार्नु हो ।’ उनले भने ।

    जनताको विश्वास माथि केपी ओलीले गरेको अपराधको मूल्य मुलुकले चुकाइरहेको उनले सुनाए । ‘त्यो नेतृत्व जो हिजो पनि आएर दुनियाँलाई हेप्दैछ । पाटी उहाँको दाइजो हो ? उहाँको जिमिन्दारी हो ? जुन एमाले हिजो उहाँले चालाउनुभयो । आज जसरी चलाउनु हुँदैछ । त्यो नेतृत्वले देश चलाउँछु भन्ने कुरा बकवास बाहेक केही हुनैसक्दैन’ उनले भने ।

    महासचिव भुसालले एमाले अध्यक्ष ओलीले प्रचण्डलाई, माधव नेपाललाई, झलनाथ खनाललाई र केही सांसदलाई ठिक पारे भन्ने लागेको हुनसक्ने भन्दै ओलीले अपराध नगरेको भए आज देशमा धेरै कुरा ठीकठाक भइसकेको हुने विश्लेषण सुनाए । ‘यत्रो जनमतलाई चितुवाले बाख्रो घिसारे झैं एमालेलाई घिसारेर सक्दै हुनुहन्छ । राष्ट्रिय राजनीतिमा गरेका त्यत्रा तमाम अपराध माथि त्यो पार्टीमा प्रश्न गर्ने हैसियत कसैले राख्दैन’ उनले भने ।

    नेपाली कांग्रेसले झनै यो देशको समस्या समाधान गर्न नसक्ने उनले बताए । कांग्रेसको कुनै नीति र योजना नै नरहेको उनले आरोप लगाए । ‘कांग्रेसलाई १८ वर्ष पुगेपछि भोट हाल्न पाइन्छ भने पुग्छ । देशमा देखिएका तमाम समस्या कसरी समाधान गर्ने भन्यो भने समयले आफै समाधान गर्छ भन्छ । खुल्ला अर्थतन्त्रमा सबै प्रतिस्पर्धा हुन्छ भन्छ । सरकारी उद्योग कलकारखाना बेच्छ । अनि ठिक गर्यौं भन्छ । त्यस्तो पार्टी मुलुकका समस्या समाधान गर्ने कुरै भएन’ उनले भने ।

    माओवादीले सबै पुराना संरचनालाई हल्लाएको टिप्पणी गरेका उनले देशका विद्यमान समस्या समाधान माओवादीले माओवादी भएर हल गर्न नसक्ने ठोकुवा गरे । ‘माओवादीले देशका पुराना संरचना एक पटक सबै हल्लायो । तर, अब उसले सक्दैन । माओवादीको समस्या नै माओवाद हो । उसले तत्काल त्यसलाई छाड्ने सम्भावना पनि देखिँदैन’ उनले भने ।

    आफ्नो पार्टी एकीकृत समाजवादी सानो मात्र नभएर देशको राष्ट्रिय पार्टी पनि बन्न नसकेको सुनाएका उनले देशका समस्या समाधानको उपाए भने आफ्नो पार्टीसंग रहेको दाबी गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.