• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुपर भ्वाईस अफ त्रिवेणीको फाइनल आज शनिबार, उपाधिका लागि २० प्रतिस्पर्धी भिड्ने


  •    अभियान हाम्रो / शनिबार, चैत २४, २०८०  

  • पोखरा

    सुपर भ्वाईस अफ त्रिवेणीको फाइनल शनिबार हुने भएको छ । जसमा उपाधिका लागि २० प्रतिस्पर्धी भिड्ने भएका छन् । त्रिवेणी संगीतालय पोखराद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय गायन रियालिटी शो सुपर भ्वाईस अफ त्रिवेणीका लागि प्रतियोगीहरु भिडने भएका हुन् । पोखरा उद्योग बाणिज्य संघ गैह्रापाटनको सभाहलमा हुने फाइनलमा प्रतियोगीहरुको सांगीतिक प्रतिस्पर्धा हुने आयोजक संस्थाका निर्देशक नवराज बरालले जानकारी गराए ।

    उनका अनुसार माघ महिनाबाट सुरु भएको सुपर भ्वाईस अफ त्रिवेणाीमा १०५ जना प्रतियोगीहरुको सहभागिता थियो । जसबाट २० जना प्रतियोगी फाइनलमा पुगेका हुन् । विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका दिपेश नेपाली, कृषीका घिमिरे, समर लोहनी, दिपक परियार, प्रशान्ती श्रेष्ठ, मनोज सेञ्चुरी, लकुश पुन, महिमा खड्का, रुपेश थापा, तेज कुमार लिम्बु, आशा राई, सलिना विक, विजेश नेपाली, रितु थापा, अंकित भुर्तेल, विशाल परियार, रितिका सेर्पाली, सौजन्या गुरुङ, भुवन अधिकारी, शोभा परियार, र समीर पुन उपाधिका लागि भिड्ने उनले बताए ।

    फाइनलमा संगीतकार बीबी अनुरागी, श्यामलाल श्रेष्ठ, करण तामाङ, किशोर सुनार निर्णायकको भूमिकामा हुनेछन् । विजेताले नगद एक लाख, उपविजेताले ५१ हजार, दर्शक रोजाईले ५० हजार, तृतीयले तीस हजार र सान्तवनाले १० हजार रकम पुरस्कार पाउने उनले जानकारी गराए ।

    कार्यक्रम संयोजक समेत रहेका बरालले बचत भएको केही रकम काठमाडौंमा उपचार गराइ रहेका संगीत प्रशिक्षक वरिष्ठ धु्रपद गायक पण्डित विष्णु आचार्यलाई सहयोग गर्ने उल्लेख गरे । त्रिवेणी संगीतालयले यसअघि पोखरा लोकतारा, सिङ्गीङ् स्टार, गण्डकी स्टार लगायतका थुप्रै कार्यक्रमको आयोजना गरि सामाजिक सेवामा समेत सहयोग गरेको छ । संगीतालयले थुप्रै स्रस्टाहरुलाई समेत नगद सहित सम्मान गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.