दोलखास्थित होस्टलको छतबाट हामफालेरको युवतीको मृत्यु भएको छ । होस्टलको छतबाट हामफालेर गम्भीर घाइते भएकी युवतीको भक्तपुरको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुने युवती पोखरा महानगरपालिका वडा नं. १० रामबजारकी १८ वर्षकी करुणा अधिकारी रहेकी छन् ।चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत थिइन् । दोलखाका जिल्ला प्रहरी कार्यालय अनुसार करुणा दोलखाको चरिकोटमा बसेर नर्सिङ अध्ययन गर्दै थिइन् । बिहीबार साँझ सोही होस्टलको पाँच तलामाथिबाट करुणाले हामफाल्दा गम्भीर घाइते भएकी थिइन् । उनको थप उपचारका लागि काठमाडौं पुर्याइएको थियो ।
करुणाले डिप्रेसनको औषधि खाने गरेको होस्टल सञ्चालकले प्रहरी निरीक्षक श्रेष्ठले बताए । करुणाको उपचारको क्रममा गएराति ११ बजे उनको भक्तपुरको मध्यपुर अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । उनको शव पोष्टमार्टमको लागि अहिले सोही अस्पतालमा राखिएको छ ।








