• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिसमा भोली सेमीफाइनलका खेल हुने


  •    अभियान हाम्रो / शुक्रबार, चैत २३, २०८०  

  • पोखरा

    पोखरामा जारी तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिसमा भोली (शुक्रबार) सेमीफाइनलका खेल सञ्चालन हुने भएका छन् ।

    कास्की जिल्ला टेनिस संघको आयोजना उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा दोश्रो दिन विभिन्न उमेर समुहका २१ खेलहरु सम्पन्न भए संगै भोली सेमीफाइनलका खेलहरु सञ्चालन हुने भएका हुन् ।

    प्रतियोगितामा यू–१२ गर्ल्स सिंगल्समा सारा पन्त र ऐरा खत्री र अनुश्री धोजु र जिवाश्री भट्टराई समेीफाइनलमा आमने सामने हुनेछन् । यू–१६ गर्ल्स सिंगल्समा आइशा म्याक्ग्लान र सुनिरा थापा सेमीफाइनलमा भिड्नेछन् ।  यू–१० गर्ल्स सिंगल्समा सारा पन्त र नैरा छोडेन घले तथा ताभिसी राना र जिवाश्री भट्टराई भिड्नेछन् । ब्वाइज सिंगल्सतर्फ अर्याशराज पौडेल, सभ्याजङ्ग कार्की, बेदान्त चालिसे र निश्चल ज्ञवाली सेमीफाइनल प्रवेश गरे ।

    त्यस्तै यू–१६ ब्वाइज सिंगल्सतर्फ दर्शिल श्रेष्ठ र अमन नेपाली आमने सामाने हुँदा श्रीजन भट्टराई र शाश्वत बज्रचार्य फाइनलमा स्थान बनाउन भिड्ने छन् । यू–१४ ब्वाइज सिंगल्समा सन्दिप विक र रनिश श्रेष्ठ तथा सन्दिप जीशी र स्पन्दन उदासले अन्तिम चारमा स्थान बनाएका छन् ।

    प्रतियोगितामा यू–९ गर्ल्सतर्फ नैरा छोडेन घले र समृद्धि खत्री तथा जियोभानी केसी र ताभिसी राना एक अर्का बीच भिड्नेछन् भने ब्वाइजतर्फ जसन गुरुङ र जिवस विक्रम भट्टराई तथा सोनाम छिरिङ घले र इभान भट्टराईले अन्तिम चारमा आफ्नो स्थान पक्का गरे । उनीहरु भोली एक अर्काको सामना गर्नेछन् ।

    त्यसै गरी यू–८ गर्ल्स सिंगल्समा अमिरा जिशी र श्रेयाश्री पाण्डे उपाधिका लागि भिड्दा यू–१२ व्वाइज सिंगल्समा विश्व विशेष डल्लाकोटी र निश्चल ज्ञवाली तथा अर्याशराज पौडेल र सभ्याजङ्ग कार्की अन्तिम चारमा भिड्नेछन् । यू–१६ गर्ल्सतर्फ सुनिरा थापा र आयशा म्याक्ग्लान तथा आरुषी तुलाचन र दिव्यता भण्डारी सेमीफाइनलमा एक अर्का बीच भिड्नेछन् ।

    प्रतियोगिता अन्तर्गत गर्ल्स ओपन डबल्समा शाल्भी र आरुषीको जोडीले आर्शीया स्वाराको जोडी आमनो सामने हुनेछन् भने दोश्रो खेलमा आहना र आयशाले शरिसा र ग्रिस्मा अन्तिम चारमा भिड्नेछन् । त्यसै गर िब्वाइज डबल्समा अमन र सूयाशंको जोडीले यूवेन र स्पन्दन उदासको जोडी भिड्दा दोश्रो सेमीफाइनलमा सन्दिप र दोजेन गुरुङको जोडीले प्रफुल श्रेष्ठ र सुभनको जोडीको सामना गर्नेछन् ।
    चेत्र २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा कुल १४ वटा इभेन्टमा ब्वाईजतर्फ ४० र गर्ल्सतर्फ ३० गरी कुल ७० जना खेलाडीहरुले प्रतिस्पर्धा जनाएका छन् ।

    प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जनियर नेपाल र्‍याकिङ खेलाडीहरुको सहभागिता छ भने करिव २ लाख ३१ हजार पुरस्कार राशीमा खर्च हुने कास्की टेनिसले जनाएको छ ।

    प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् ।

    यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् ।

    त्यस्तै यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेता तथा उपबिजेताले नगद समान रु ४ हजार र २ हजारसहित मेडल प्राप्त गर्ने छन् ।

    प्रतियोगितामा पोखरा, बुटवल, काठमाण्डौ र चितवनका खेलाडीहरुको सहभागिता छ । प्रतियोगिता विभिन्न उमेर समुहका नेपाल र्‍याकिङ्ग आयर्शराज पौडेल, शाल्भी शेरचन, इभान भट्टराई, जिवाश्री भट्टराई, जिवाश भटट्राई, दर्शिल श्रेष्ठ, जियोभानी केसी, शास्वत बज्रचार्य, शिर्जन भट्टराई, सन्दिप विक, इलेश गौतम, निश्चल ज्ञवाली, विशेष विश्व डल्लाकोटीले विभिन्न इभेन्टमा प्रतिस्पर्धामा छन् ।

    प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुनेछ । प्रतियोगितालाई कुमार श्री मोहन बहादुर शाहीले मुख्य प्रायोजन गरेका छन् । उनले विगत तीन वर्ष देखि आफ्ना नाती–नातीनाको नाममा उक्त प्रतियोगितामा प्रायोजन गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.