डोटी
डोटीका ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका-२ की ३७ वर्षीया यमुना घर्तीमगरलाई पक्राउ गरेको छ । डोटीमा सौताको हत्या गरेको आरोपमा प्रहरीले एक महिला पक्राउ परेकी हुन् ।
बडीकेदार गाउँपालिका-२ कोटकेलाका दलबहादुर घर्तीमगरकी जेठी श्रीमती दुर्गा गत १२ गते दिउँसो घरबाट निस्किएको र घर नफर्किएपछि खोजी गर्दा चैत १३ गते बिहान पानीघट्टभित्र मृत फेला परेकी थिइन् ।
मृतककी भाइबुहारी डम्मरी थापामगरले चैत १४ गते मृतकी कान्छी सौता यमुना घर्तीमगरको नाममा कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यमुनाले ढुङ्गा, हँसिया र बञ्चरो टाउँकोमा प्रहार गरी दुर्गाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण सिं नेगीले जानकारी दिए ।
पक्राउ परेकी यमुनामाथि जिल्ला अदालत डोटीबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








