• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा मनुश्री भिग्नाजित जुनियर टेनिस सुरु


  •    अभियान हाम्रो / बिहिबार, चैत २२, २०८०  

  • पोखरामा तेश्रो संस्करणको मनुश्री/भिग्नाजित जुनियर टेनिस प्रतियोगिता सुरु भएको छ ।

    कास्की जिल्ला टेनिस संघको आयोजना उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन गर्ल्स र ब्वाइजतर्फ गरी सात खेल सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर प्रिती बरालले जानकारी दिएकी छन् ।

    पहिलो दिन यू–१० ब्वाइजतर्फ इभान भट्टारई जित निकालेका छन् । उनले रजन खडका लाई ६–३, ६–० ले पाखा लगाए । त्यसै गरी यू–१० तर्फनै संघर्ष फौदारले ओमयूग थापालाई ६–०, ६–१ ले पराजित गर्दा सोही उमेर समुह गर्ल्सतर्फ आर्या पौडेलले बुन्नी एस मेघनलाई ६–१, ६–२ ले पराजित गरिन् । त्यसै गरी ब्वाइज यू–१२ निश्चल गुरुङले बेदान्त चालिसेलाई ६–१, ६–० ले पराजित गर्दा संघर्ष पौडेल वाक ओभर पाउँदै दोस्रो चरणमा प्रवेश गरे । उनले   सुभन केसीबाट वाक ओभर पाए । त्यस्तै सभ्य कार्कीले यलिश गौतमलाई ६–१, ६–१ ले र अमृत मल्लले ओमायूग थापालाई ६–०, ६–१ ले पराजित गरे ।

    यस अघि प्रतियोगिताको उद्घकाटन गर्दै जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बाँनियाले कास्की टेनिस टेनिस विकासको अभियानमा जुटेकोमा प्रशंसा गर्दै सो अभियानलाई जिल्ला खेलकुदले सदैव साथ र सहयोग रहने प्रतिवद्धता जनाए । कास्की टेसिनका उपाध्यक्ष राजकुमार गुरुङ (राजु)को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कास्की टेनिसका उपाध्यक्ष नविन चालिसे, सल्लाहकार द्वय बसन्त प्रधान, विष्णु बहादुर थापालगायतको सहभागिता रहेको थियो ।

    चेत्र २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा कुल १४ वटा इभेन्टमा ब्वाईजतर्फ ४० र गर्ल्सतर्फ ३० गरी कुल ७० जना खेलाडीहरुले प्रतिस्पर्धा जनाएका छन् ।
    प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जनियर नेपाल  र्‍याकिङ खेलाडीहरुको सहभागिता छ भने करिव २ लाख ३१ हजार पुरस्कार राशीमा खर्च हुने कास्की टेनिसले जनाएको छ ।

    प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् ।
    यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् ।

    त्यस्तै यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेता तथा उपबिजेताले नगद समान रु ४ हजार र २ हजारसहित मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा पोखरा, बुटवल, काठमाण्डौ र चितवनका खेलाडीहरुको सहभागिता छ । प्रतियोगिता विभिन्न उमेर समुहका नेपाल  र्‍याकिङ्ग आयर्शराज पौडेल, शाल्भी शेरचन, इभान भट्टराई, जिवाश्री भट्टराई, जिवाश भटट्राई, दर्शिल श्रेष्ठ, जियोभानी केसी, शास्वत बज्रचार्य, शिर्जन भट्टराई, सन्दिप विक, इलेश गौतम, निश्चल ज्ञवाली, विशेष विश्व डल्लाकोटीले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने  चालिसेको भनाई छ ।

    प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुने छ । प्रतियोगितालाई कुमार श्री मोहन बहादुर शाहीले मुख्य प्रायोजन गरेका छन् । उनले विगत तीन वर्ष देखि आफ्ना नाती–नातीनाको नाममा उक्त प्रतियोगितामा प्रायोजन गर्दै छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.