५० वर्षीया ज्ञानी माया गमालको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय छोरा मिलन गमाललाई गिरफ्तार गरेको छ ।
थाहा नगरपालिका— १० स्थित तल्लो बिसिङ्गखेलमा फागुन ३० गते हत्या गरेको स्थानीयले इलाका प्रहरी कार्यालय चित्लाङमा खबर गरेपछि पुगेको पञ्हरी टोलीले ज्ञानी माया खाटमा मृत अवस्थामा फेला पारेको थियो ।
शव पोष्टमार्टम फागुन ३० गते शिक्षण अस्पताल पठाएकोमा गरी शव आफन्तले बुझेका थिए ।








