गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बुधबार राजीनामा दिने भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेकाअनुसार पाण्डेले आज राजीनामा बुझाउने छन् ।
विश्वासको मत लिने र राजीनामा दिने विषयमा मुख्यमन्त्री पाण्डेले मंगलबार नेपाली कांग्रेसका सांसदहरुसँग छलफल गरेका थिए । छलफलपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिन तयार भएका हुन् ।








