आज सोमबार सेती ड्याम खोल्ने भएको छ । नदीमा हाम फालेका एक जना व्यक्तिलाई खोज्न प्रहरीले आज १९ गते सेती नदी ड्याम खोल्ने भएको हो । महानगरपालिका वडा नम्बर ३ स्थित नदीपुर पुरानो पुलबाट फागुन १८ गते पोखरा ११ बस्ने सुगम बास्तोला हाम फालेर वेपत्ता छन् ।
पुरानो पुलबाट सेती नदीमा हाम फाली वेपत्ता भएको र नेपाल प्रहरीको उद्दार टोलीले घटना स्थलमा खोजतलास गर्दा समेत उनलाई भेटिएको छैन । सोमबार पुन उनको खोजी कार्य गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । बाँध खोल्ने दिउँसो १ बजे सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो रहन प्रहरीले आग्रह गरेका छ ।
‘त्यो समयमा नदी किनारामा कुनै कार्य नगर्नु होला । नदिको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि यो सूचना प्रकाशन गरिएको छ,’ प्रहरीले प्रकाशन गरेको विज्ञप्तिमा भनेको छ ।








