फाइल फोटो
काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजेको समयमा त्रिशुली नदीमा ट्याक्सी दुर्घटनामा परेर ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सडकबाट करिब ८० मिटर तल नदिमा खसेको हो । सबै मृतकको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना पुरुष, २ जना महिला र एक बालिका रहेका छन् भने मृतकहरुको सनाखत भएको छ र एक जना अझै बेपत्ता खोजि कार्य जारि छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको खटी उद्धार कार्य भइरहेको छ ।








