• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८० साल चैत १६ गते शुक्रवारको राशिफल

"२०८० साल चैत १६ गते शुक्रवारको राशिफल "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, चैत १६, २०८०  

  • मेष : साथीको सहयोग र हौसला मिल्नेछ। समस्या आइलागे पनि त्यसको हल निस्कनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। कुनै कारणवश रोकिएको कामले गति लिनेछ। भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवीन कार्यको थालनीअघि वृक्षारोपण गर्नु राम्रो हुनेछ। यात्रा फलदायी छैन तसर्थ भरिसक्के लामो यात्रा नगरेकै बेस।

    वृष : नयाँ र शुभ कार्यको योजना बन्नेछ भने सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। आफन्त र मित्र वर्गको सहयोग पाइनेछ। प्रवचन, भाषण आदिमा प्रशंसा मिल्नेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ।

    भाग्यशाली रङ गुलाबी र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७६, वैदेशिक कार्यमा ७० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी/प्रेमिकाको सल्लाहमा कार्य गर्दा बढी सफल भइनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

    मिथुन : घर-परिवारमा रमाइलो वातावरण छाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। मिष्टान्न भोजनको अवसर प्राप्त हुने योग छ। दानपुण्यका कार्यमा सहभागी भइनेछ।

    भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ८८, व्यापारमा ७१, वैदेशिक कार्यमा ७० र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा आर्थिक समस्याबाट मुक्ति पाइनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

    कर्कट : यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुन सक्छ। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्‍याउनुहोला। काम बिगार्नेहरू सक्रिय रहने देखिन्छ। स्वास्थ्यप्रति सजग रहनु नै बुद्धिमानी हुनेछ।

    भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर काम गर्दा फाइदा हुनेछ। कालो रङको प्रयोग फाप्ने देखिएन।

    सिंह : युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। सामाजिक कामबाट सफलता पाइनेछ। भाग्यशाली रङ निलो र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७७, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ५२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बिघ्नबाधा आफैँ हटेर जानेछन्। खरानी रङको प्रयोग नगर्नु होला।

    कन्या : नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रै सफलता प्राप्त गर्नेछन्। रमाइलो यात्राको योग छ। रोकिएका काम पुनः सुरु हुनेछन्। अचल सम्पत्ति हात पर्न सक्छ।

    भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ७१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। लगानीको अवसर आउन सक्छ, आवेगमा लगानी नगर्नु होला।

    तुला : शुभ कार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइएला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। राज्यस्तरबाट लोभलाग्दा अवसर प्राप्त हुने सम्भावना छ। भाग्यशाली रङ गुलाबी र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६२, वैदेशिक कार्यमा ८६ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गरेमा बाधा-व्यवधान हट्नेछन्। छलकपटतिर नलाग्नु होला।

    वृश्चिक : घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। साँझमा कुनै समाचारले मन खुसी रहला।

    भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। उत्तर दिशाको यात्रा फलदायी छैन।

    धनु : भाग्यले विभिन्न अवसर जुराउनेछ। बहुप्रतिक्षित काममा सफलता हात पर्न सक्छ। समस्या दर्साउँदा सुख-दुःखमा साथ दिनेहरू भेटिनेछन्। कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र साथीभाइले राम्रो सहयोग गर्नेछन्।

    भाग्यशाली रङ गुलाबी वा सेतो हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ७९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गरेर दिनको सुरुआत गरेमा मनमा जोस, जाँगर बढ्नेछ। हरियो रङको प्रयोग फाप्ने देखिएन।

    मकर : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रोकिएका काम पुरा हुनेछन्। पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताका सिँढी चढ्न सकिनेछ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्।

    भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७७, वैदेशिक कार्यमा ८० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्। खैरो रङको प्रयोग उपयुक्त छैन।

    कुम्भ : मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पर्नेछ। चलाखीपनले कार्य सिद्ध हुन सक्छ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। वाहन लाभ हुने समय छ। वैदेशिक कार्य कमजोर रहनेछ। मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ। भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६५, वैदेशिक कार्यमा ७४ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा सानातिना आर्थिक सङ्कट आफैँ टरेर जानेछन्। तामसिक भोजन नगर्नु होला।

    मीन : आँटेको काम सबै पूरा नभए पनि निराश नभई लागिपर्दा राम्रो हुनेछ। मित्रले व्यर्थको विवाद र कुरा काट्न सक्छन्। अनावश्यक धन खर्च हुनेछ। मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। भाग्यशाली रङ पर्पल र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६४, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा आँटेको काम सम्पादन गर्न सहज हुनेछ। झुट चाहिँ नबोल्नु होला, बोलेमा बन्न लागेको काम पनि बिग्रनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.