• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु,पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरे

"यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु,पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरे "

  •    अभियान हाम्रो डट कम / बिहिबार, चैत १५, २०८०  

  • आज बिहान ८ बजेदेखि सुरु हुनेको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।

    कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न–गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गरेका छन् ।

    आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न केन्द्राध्यक्ष लगायत जनशक्तिलाई तालिम दिइएको थियो ।

    यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा दिँदै छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने पौडेलले बताए । कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारका छन् ।

    देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको हो । त्यस्तै नेपाल बाहिर जापानमा समेत एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जना विद्यार्थीले एसईई दिँदै छन् ।

    जापानमा रहेको एभरेस्ट स्कुल परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिन लागेका हुन् । परीक्षाका लागि आवश्यक पर्ने प्रश्न पत्र र उत्तर पुस्तिकालगायतका सामग्री यसअघि नै सम्बन्धित जिल्ला पुर्‍याइएको थियो ।

    प्रश्न पत्र ७७ जिल्लाका प्रहरी कार्यालयमा पठाइएको थियो । प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइने पौडेलले बताए ।

    परीक्षा सञ्चालनका लागि देशभरबाट ७७ हजार बढी जनशक्ति खटिएका छन् । ७७ हजार ४८५ जना जनशक्ति परिचालन भएको पौडेलले बताए ।

    कक्षा ११ मा भर्ना हुन ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने

    यो वर्षदेखि विद्यार्थीले न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरिएको छ । ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ यो वर्षदेखि कार्यान्वयनमा आएको विद्यार्थीले प्रत्येक विषयको सैद्धान्तिकमा ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने बताए ।

    विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान थियो । यो वर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसईई  परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको परीक्षा नियन्त्रक पौडेलले बताए ।

    परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनै पर्ने उनको भनाइ छ । १०० पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने बताए ।  ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.