मेष ~( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
वृष~( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वाहन चौपाया प्राप्त होला। नयाँ सामानको खरिद गर्ने योग देखिन्छ। आकस्मिक सफलता वा असफलता मिल्ने समय छ। आर्थिक कारोबार हुने दिन छ। गरेका कामहरू सफल हुनेछन् भने अधुरा कामहरू पनि बन्ने छन्। पैसा भने अनायसै खर्च होला।
मिथुन~( का, कि, कु, घ, ङ, छ, के, को, हा )
अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन। गरेका कामहरू अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ। कोहीसँग सामान्य वादविवाद पनि होला। झैझगडाको सम्भावना छ।
कर्कट ~(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारमा खटपट हुनुका साथै व्यावहारिक समस्याले सताउने छ। कामहरू अधुरै रहनाले मनमा खिन्न होला। घरपरिवारबाट पनि त्यति सहयोग पाइने छैन। केहीले सम्मान गर्नेछन्, केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ। प्रशस्त पैसाको कारोबार होला।
सिंह~( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
घरायसी वातावरण सुमधुर रहने छ। दिन रमाइलोका साथ बित्ने छ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। व्यावहारिक समस्याको हल हुने छ। सामान्यतया दिन राम्रो छ। केही नयाँ काम थाल्ने समय छ। धार्मिक-सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ।
कन्या ~(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ। दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ। सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ। सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ। साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ। र, कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ।
तुला ~( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागि खर्च हुनेछ। गरेका कार्यहरू हतपत नबन्ने साथै बनिहाले पनि मिहिनेतअनुसार फल नपाइने योग छ। गरेका कामहरूमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ।
वृश्चिक~(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जाँगरमा सुधार आउने छ। आफन्तले सहयोग गर्नाले सबै रोकिएका कामहरू बन्न थाल्ने छन्। प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ। अन्न र धन लाभ होला। आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ।
धनु ~(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। यात्राको योग छ। समस्याहरू आफैं किनारा लाग्ने छन्। धैर्य बढाउन सके धेरै राम्रो समय छ। परिश्रम गर्न सकेजति खेर जाने छैन। अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ। यात्रा पनि होला। सुख शान्ति पाइने छ।
मकर~( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। साथी, घरपरिवारबाट सुख शान्ति मिल्ने छ। यात्राका लागि उचित समय छ। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नुपर्नेछ। अनौठो र लाभदायक यात्राको योग छ। सरसामान बिग्रेर दुःख पनि पाइएला। परिवारमा हल्का विवाद हुन सक्छ।
कुम्भ~( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सोचेअनुरूप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ। परिवारबाट सोचेअनुरूपको सहयोग नमिल्नाले व्यावहारिक काममा कठिनाइ हुनेछ। बढी खर्चका कारण मनमा अशान्ति हुनेछ। सामान्य रोगले पनि सताउला।
मीन ~( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज अलमल गराउने समय छ। काममा पनि मन नजान सक्छ। आँटे-गरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुनेछ। परिवारबाट सुख मिल्ने दिन छ। प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार आए पनि मानसिक तनाव होला।








