• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपालको पर्यटन राजधानी पोखरामा राष्ट्रिय स्तरको “प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८०” सफलता पूर्वक सम्पन्न


  •    अभियान हाम्रो डट कम / मङ्गलबार, चैत १३, २०८०  

  • नेपालको पर्यटन राजधानी पोखरामा राष्ट्रिय स्तरको “प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८०” सफलता पूर्वक सम्पन्न भएको छ । प्रतियोगिताको ५ सय मिटर तर्फ वाटर स्पोर्टस् नेपालको समूह प्रथम भएको छ । विजेता समूहले नगद रु.२ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
    प्रतियोगितामा नारा पोखरा द्धितिय र नेपाली सेनाको समूह तेस्रो भएका छन् । उनीहरूले क्रमशः रु.१ लाख र रु.६० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना भएको वेगनासताल डुङ्गा व्यवसायी समितिले नगद रु.२५ हजार प्राप्त गरेको छ ।
    प्रतियोगिताको २ सय मिटर तर्फ पुरुष समूहमा नारा पोखरा प्रथम भएको छ भने, वाटर स्पोर्टस् समूह दोस्रो भएका छन् । यस्तै हर्पन पोखरा मच्त्छ्य सहकारी समूह तेस्रो भएको छ । खास्टे न्युरेनी समूह सान्त्वना भएको छ । २ मिटर तर्फको विजेताले नगद रु.१ लाख, उपविजेताले रु.७५ हजार, तेस्रोले रु.४० हजार प्राप्त गरेको छ ।
    यसै गरी २ सय मिटर महिला तर्फ बेगनास व्यवसायी मत्स्य समिति प्रथम भएको छ । वेगनासताल डुङ्गा व्यवसायी समिति दोस्रो र जलारी दिदी बहिनी समूह तेस्रो भएका छन् ।
    पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट सङ्घ गण्डकी र होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सह-आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा १४ समूहको सहभागिता रहेको थियो ।
    प्रतियोगिताले पर्यटन राजधानी पोखराको पर्यटन प्रवर्द्धन तथा वाटर स्पोर्टस् विकासमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिनाले महानगरको नीति तथा कार्यक्रम मै समावेश गरी व्यवस्थित रूपमा वाटर स्पोर्टस् सञ्चालनका लागि प्रक्रिया अघि बढाएको बताउनुभयो ।
    पोखरामा रहेका आकर्षक तालहरूको संरक्षण तथा सौन्दर्यीकरणका लागि पोखरा महानगरपालिका योजनाबद्ध ढङ्गले लागिरहेको बताउँदै उहाँले खास्टे र न्युरेनी तालको विकास तथा संरक्षणका लागि डिपिआर समेत भएर प्रक्रियामा अघि बढेको बताउनुभयो । खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरी पूर्वाधार निर्माणमा समेत महानगर योजनाबद्ध रूपमा लागिरहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा वाटर स्पोर्टस्को विकास, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक सहकार्य गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
    नेपालको पर्यटन राजधानी पोखरामा प्रत्येक वर्ष राष्ट्रिय स्तरको ड्रागन डुङ्गा दौड प्रतियोगिता आयोजना गर्ने र प्रत्येक २–२ वर्षमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसअघि नै जनाएको प्रतिबद्धतामा महानगरपालिका प्रतिबद्ध रहेको प्रवक्ता तिम्सिनाले बताउनुभयो ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.