सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) का निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले उच्च आर्थिक वृद्धिमार्फत् सुशासन, संस्थागत विकास, सामाजिक न्याय र समृद्धि हासिल गर्नेतर्फ सरकार केन्द्रित भएको उल्लेख गर्नुहुँदै नेपालको विकास प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र निजी पुँजी परिचालनको क्षेत्रमा एसियाली पूर्वाधार लगानी बैंकबाट थप सहयोगको अपेक्षा गरेको बताउनुभयो।
सम्माननीय प्रधानमन्त्रीले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न आग्रह गर्दै आगामी महिना हुन लागेको लगानी सम्मेलनमा बैंकबाट उच्च तहमा प्रतिनिधित्व हुने र त्यसले नेपालमा लगानीका लागि अनुकूल वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रधानमन्त्री ‘प्रचण्ड’ र एसियाली पूर्वाधार लगानी बैंकका निर्देशक बिच भेट्घाट
प्रधानमन्त्री ‘प्रचण्ड’ र एसियाली पूर्वाधार लगानी बैंकका निर्देशक बिच भेट्घाट
तपाईको प्रतिक्रिया








