भारतको मेरठस्थित मोदीपुरममा शनिबार राति उक्त घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चार्जमा जोडेको मोबाइलमा बच्चाहरू गेम खेलिरहेका थिए ।
सोही क्रममा अचानक मोबाइल पड्किँदा आगो निस्किएको थियो । ओछ्यान र झ्यालको पर्दामा सल्किएको आगो फैलिएर चार बालबालिका र उनीहरूका आमाबुबा समेत जलेका थिए ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार पाँच वर्षीय कल्लु, ६ वर्षीय गोलु, ८ वर्षीय निहारिका र १२ वर्षीय सारिकाको मृत्यु भएको हो । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएकोमा निहारिका र गोलुको राति दुई बजे मृत्यु भएको हो । यस्तै सारिकाको आइतबार बिहान चार बजे र कल्लुको बिहान १० बजे मृत्यु भएको हो ।








