• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी पारा खेलकुदका सम्पूर्ण इभेन्टहरु सम्पन्न


  •    अभियान हाम्रो / आइतबार, चैत ११, २०८०  

  • पोखरा

    गण्डकी प्रदेश पारा खेलकुद अन्तर्गत सम्पूर्ण इभेन्टहरु शनिबार पोखरा रंगशालमा सम्पन्न भएका छन् ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा महिला पुरुष दृष्टिबिहिन क्रिकेट, बहिरा पुरुष भलिबल, ह्विलचयर पुरुष बास्केटबल, ह्विल चियर टेबुल टेनिस, बहिरा महिला व्याडमिन्टन र बहुअपङ्गता बोसियाका खेलहरु सम्पन्न भएका हुन् ।

    प्रतियोगिता अन्तर्गत ह्विलचियर बास्केटबल पुरुषतर्फ हरियो खर्क अस्पताल बिजेता बनेको छ भने उपविजेता नवलपुर ह्विलचियर टिम र तेस्रो स्थान पोखरा महानगर पालिका ह्विलचियर टिम बनेको छ । बिजेता टिमले बिजेता, उपबिजेता र तेस्रो स्थान प्राप्त गर्ने टिमले क्रमश नगद रु २५ हजार १५ र १० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे प्रतियोगितामा सुरेश गौली उत्कृष्ट र हाइस्कोरर भरत बानियाँ भएका छन् । उनीहरुले जनही नगद १ हजारका साथमा ट्रफी प्राप्त गरे ।

    त्यसै गरी दृष्टिबिहिन पुरुष क्रिकेटतर्फ दुई टिम सहभागि मध्ये गण्डकी ‘ए’ सम्मिलित टिम विजयी भएको छ । उसले नगद रु २८ हजार प्राप्त गर्दा गण्डकी ‘बी’ टिम दोश्रो हुँदै नगद १४ हजारका साथ ट्रफी हात पारेको छ । खेलमा टिम ए का सुनिल राना म्यान अफ दि म्याच भए । उनले नगद रु १ हजार ५ सयका साथमा ट्रफी हात पारे । त्यस्तै बी–३ तर्फ लोक बहादुर थापा, बी–२ तर्फ सुनिल राना र बी–१ तर्फ शेरजन गुरुङ उत्कृष्ट हुँदै जनही नगद रु १–१ हजारका साथमा ट्रफी प्राप्त गरे ।

    त्यसै गरी दृष्टिबिहिन महिला क्रिकेटतर्फ दुई टिम सहभागि मध्ये गण्डकी ‘ए’ सम्मिलित टिम विजयी भएको छ । उसले नगद रु २८ हजार प्राप्त गर्दा गण्डकी ‘बी’ टिम दोश्रो हुँदै नगद १४ हजारका साथ ट्रफी हात पारेको छ । खेलमा टिम ए की विनिता पुन म्यान अफ दि म्याच भइन् । उनले नगद रु १ हजार ५ सयका साथमा ट्रफी हात पारिन् । त्यस्तै बी–३ तर्फ विनिता पुन, बी–२ तर्फ भगवती भट्टराई र बी–१ तर्फ सुष्मा तामाङ उत्कृष्ट हुँदै जनही नगद रु १–१ हजारका साथमा ट्रफी प्राप्त गरे ।
    यस्तै बहिरा पुरुष भलिबलतर्फ बागलुङ सम्मिलित टिम बिजयी भएको छ भने पोखराले उपविजेतामा चित्त बुझाएको छ । बागलुङले नगद २० हजार र पोखराले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    यसै गरी ह्विलचियर टेबुल टेनिसमा क्रमश धना मगर, लक्ष्मी सुनार, अन्जु बराल र अञ्जना के.सी क्रमश.पहिलो, दोस्रो, तेस्रो र चौथो बने । उनीहरुले क्रमश जनही नगद रु ५ हजार, ३ हजार २ हजार र १ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    बहिरा महिला ब्याडमिन्टन प्रतियोगितामा शारदा थापा, सरिता उपाध्याय, कमला मगर र मलिना श्रेष्ठ क्रमश.पहिलो, दोस्रो, तेस्रो र चौथो बने । उनीहरुले क्रमश जनही नगद रु ५ हजार, ३ हजार २ हजार र १ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गण्डकी प्रदेश पारा खेलकुद अन्तर्गत सम्पन्न बहुअपाङ्गता बोसिया प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।

    यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले गरेका थिए । प्रतियोगितामा बिजेता खेलाडी तथा टिमहरुलाई प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, प्रदेश खेलकुदका सदस्य विष्णुमायाँ गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसालले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    चैत्र ७ गते र १० गते गरी दुई चरणमा सम्पन्न उक्त पारा खेलकुद प्रतियोगितामा ३ सय वढि खेलाडीहरुले विभिन्न ८ वटा इभेन्टमा सहभागिता जनाएको प्रदेश खेलकुदका सदस्य एवं प्रतियोगिताका संयोजक अमृत बरालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.