मेष- अनावश्यक रूपमा कसैसँग झैझगडा हुन सक्छ। यात्रामा पनि सावधान रहनु होला। लेनदेनको समस्याले सताउनेछ, शत्रु बढ्ने छन्। व्यापारमा पनि घाटा बेहोर्नु पर्ला। कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ।
मिथुन- अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ। आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ। मनमा हौसला बढ्ने छ। पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने छ। त्यसै-त्यसै मन हर्षित भएर आउनेछ।
कर्कट- व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ। स्वास्थ्य स्थितिमा सुधार आउने छ। आयआर्जनको स्रोत फेला पर्ला। सामान्यतया लाभ हुने नै दिन छ। तर, कृषिजन्य पेशा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिँदैन।
सिंह- बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला। निको भएको रोगले पुनः सताउन सक्छ । समय राम्रो भए पनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ। काममा अवरोध आउनाले धनको नाश हुन सक्छ।
कन्या- विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादि लाभ होला। शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ। पठनपाठनमा ध्यान दिनु वेश हुनेछ। प्रेम सम्बन्ध बलियो रहनेछ। अधुरा कामहरू बन्ने अरूको विश्वास आफूतिर रहने आफन्तहरूको उचित सहयोग मिल्ने छ।
तुला- अरूको विश्वास जित्न सजिलै सकिनेछ। धन मान पाउने योग छ। गरेको कामबाट फाइदा नै हुनेछ। व्यापारबाट राम्रै आम्दानी हुन सक्छ। नसोचेको काम बन्ने योग छ। अनौठो समाचार पनि सुनिएला। अर्थ लाभका अवसर आउने छन्। तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ। सामाजिक प्रतिष्ठा पनि बढ्नेछ।
वृश्चिक- अनुकूल यात्राको सम्भावना छ। पठनपाठन सामान्य रहला, फुर्सदिलो समय छ। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। दिन सामान्य छ। रमणीय र सुखद यात्राको योग छ। जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ।
धनु- हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोला। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। आज आर्थिक संकट पनि आउनेछ, लेनदेनमा विवाद बढ्ने छ। घरायसी समस्या पनि आउला। पढाइलेखाइमा ध्यान दिन नसकिएला। धन नाश हुने दिन छ।
मकर- नयाँ र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ। गलत विचारहरूले काममा बाधा सिर्जना गर्नेछ। अरूको काम धेरै गर्नु पर्ला। समयको बचत कम हुने दिन छ। नोकरी र राजनीतिमा मान सम्मान पाउने योग छ। अरूको मन जित्न सकिने छ। जागिरबाट सन्तुष्टी मिल्ने देखिन्छ।
कुम्भ- सोच्ने शक्ति बढ्ने छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्ने छन्। अन्न तथा धनको पनि वृद्धि हुनेछ। दाम्पत्य सम्बन्ध सुखद रहनेछ। प्रेमको बन्धनमा बाँधिने दिन छ। पैसो लेनदेनका काम पनि होला सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। रोकिएका काम सजिलै सम्पन्न हुनेछन्।
मीन- परिश्रमले धेरै काम बन्नेछन्। धन पनि मनग्य कमाउनु होला। भाग्य पनि बलियो छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। मनोरञ्जनमा भुलिने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग गर्लान् तर आफन्तको सहयोग नपाइएला।









