• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा यःमरी जोगाउन महोत्सव र प्रतियोगिता

"पोखरामा यःमरी जोगाउन महोत्सव र प्रतियोगिता "

  •    रासस / शनिबार, चैत १०, २०८०  

  • १० पुस, अन्नपूर्ण (कास्की)

    नेवारी समुदायको निकै लोकप्रिय परिकार हो, यःमरी । नयाँ धानको चामलको पीठोबाट माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई खाली भागमा चाकु, खुवा, गुँदपाक, मास, मुँगीलगायत सामग्री राखेर बनाइने योःमरी पछिल्लो समय लोप हुने अवस्थामा छ ।

    नेवारी भाषामा ‘य’ को अर्थ ‘मन’ परेको र ‘मरी’को अर्थ ‘रोटी’ हो । आधुनिकतासँगै नयाँ पुस्ताले मन परेको रोटी अर्थात् यःमरी बनाउन थोरैले जान्दछन् । त्यसैले पुस्तान्तरण र अन्य समुदायलाई जानकारी दिन नेवा मिसा पुचः कास्की लागिपरेको छ ।

    पुचःले सोमबार पोखरा महानगरपालिका–४ सँगको सहकार्यमा पोखरामा यःमरी सांस्कृतिक महोत्सव तथा प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा २० समूहको सहभागिता रहेको नेवा मिसा पुचः कास्कीकी अध्यक्ष सङ्गीता बज्राचार्यले जानकारी दिइन् ।

    महोत्सवले युवापुस्तामा यःमरीको महत्व बुझाउन सहयोग पुगेको उनले बताइन् । यो परिकारको नेवार समुदायमा विशेष महत्व रहेकाले जोगाएर राख्नुपर्ने उनको धारणा छ । ‘नयाँ धानको पहिलो परिकारका रुपमा यःमरी बनाइन्छ’, अध्यक्ष बज्राचार्यले भनिन्, ‘मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन नयाँ धानको चामलबाट बनेको यःमरीलाई पूजा गरियो भने घरमा कहिल्यै अन्नको अभाव हुँदैन भन्ने जनविश्वास छ ।’

    पूर्णिमाका दिन यमरीलाई धानलगायत अन्नका भकारीमा चढाइन्छ । यस दिन नेवार समुदायले यमरीको कुवेर, गणेश, लक्ष्मीलगायत विभिन्न भगवानको मूर्ति बनाएर चढाउने चलन रहेको छ । यसरी चढाएको यःमरी चार दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने प्रचलन रहेको अध्यक्ष बज्राचार्यले बताइन् ।

    नेवार समुदायमा महत्व बोकेको यःमरीलाई औषधिका रुपमा पनि प्रयोग गरिने महोत्सव संयोजक भवानी माकाजुले बताइन् । ‘यःमरी औषधिका रुपमा पनि खाने प्रचलन छ’, उनले भनिन्, ‘यसमा राखिने चाकु, तिल, मरिचले जाडोमा चिसोबाट बचाउन पनि सहयोग गर्छ ।’

    परम्परागत परिकार जोगाउन पोखरा महानगरपालिकाले पनि साथ दिएको पोखरा महानगरपालिका–४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले बताए । वडा कार्यालयले कला र संस्कृतिको संरक्षणका लागि वितगदेखि नै काम गर्दै आएकाले यःमरी जोगाउन प्रयिोगिता आयोजना गरेको उनको भनाइ छ । ‘पोखराको पुरानो बजार जुन ऐतिहासिकता र मौलिकतासँग जोडिएको छ’, वडाध्यक्ष पराजुलीले भने, ‘यःमरीलाई पर्यटनसँग जोड्न र संरक्षण गर्न महोत्सवको आयोजना गरेका हौँ ।’ यो परिकार संरक्षणका लागि आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको उनले बताए ।

    नेवा मिसा पुचः कास्कीले आगामी दिनमा जिल्लामा भएका सबै सदस्यलाई यःमरी बनाउन सिकाउने योजना बनाएको छ । सबै पोख्त भएपछि यसलाई व्यावसायिकीकरण गरिने भएको छ ।

    यःमरी प्रतियोगितामा कर्माचार्य मिसा पुचःले पहिलो हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । दोस्रो भएको जिरो मालेपाटन पर्स्याङ मिसा पुचले सात हजार, तेस्रो भएको बगर मिसा पुचले पाँच हजार र चौथो भएको शिशुवा मिसा पुचले तीन हजार रुपैयाँ पाए ।

    रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.