• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसाय अबदेखि शनिबारपनि खुल्ने


  •    अभियान हाम्रो / शनिबार, चैत १०, २०८०  

  • पोखरा, चैत

    पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसाय शनिबारपनि खुल्ने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसाय अबदेखि शनिबारपनि खुल्ने भएका हुन् । कोरोना महामारी, आर्थिक मन्दी, बैंक ब्याजदरलगायतका कारण व्यापारमा आएको मन्दीका कारण परेको असरलाई मध्यनजर गर्दै सर्वेश्वर व्यवसायी समितिले अबदेखि सातामा सातै दिन व्यवसाय खोल्ने निर्णय गरेको जनाएको छ ।

    शनिबार नखुल्दा पोखरा आसपाससँगै छिमेकी जिल्लाहरु स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, म्याग्दी, मनाङ, मुस्ताङ, रुर्वी रुकुम र पश्चिम रुकुमलगायतका जिल्लाबाट सामान खरिद गर्न आउने थोक तथा खुद्रा सामानहरु खरिद गर्न आउने ग्राहकहरु मरमा परेकाले उनीहरुलाई सहज बनाउनपनि शनिबार व्यवसाय खुल्ला गर्ने निर्णय गरिएको अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । व्यवसाय खुल्ला गर्ने निर्णय गरिएपनि बाध्यकारी नभएको उनको भनाई छ । हाम्रो आग्रह खोल्नूस् भन्ने हो,उनले भने,‘यो स्वेच्छिक हो । यदि कसैले खोल्दिन भन्छ भने त्यो उसको अधिकार हो, नखोल्न सक्नुहुन्छ ।’

    यसैबीच, समितिले नया वर्ष २०८० को अवसरमा क्यालेन्डर प्रकाशन गर्ने भएको छ । समितिले व्यवसायीक प्रवद्र्धन गर्ने उद्देश्यले समितिको वार्षिक कार्यतालिकालाईसमेत समेटेर क्यालेन्डर प्रकाशन गर्न लागेको समितिका बरिष्ठ उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन उपसमिति संयोजक छवीलाल गौतमले जानकारी दिए । क्यालेन्डर बजारमा आएपछि सो क्यालेन्डर लिएर समिति छिमेकी जिल्लाहरुमा पुगेर बजार प्रवद्र्धन गर्ने उनले बताए । क्यालेन्डर बजार प्रवद्र्धन गर्नका लागि कोशेढुंगा सावित हुनेछ,उनले भने,‘आक्रामक मार्केटिङमार्फत सर्वेश्वर मार्गलाई हामी व्यापारको हब र ब्राण्ड बनाउनेछौं ।’

    समितिले नया वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गर्ने भएको छ । चैतको अन्तिम साता वा बैशाखको पहिलो साता पारेर शुभकामना आदानप्रदान र क्यालेन्डर विमोचन एकसाथ गर्ने तयारी गरिएको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।

    समितिले नया वर्षको अवसरमा बालबालिका तथा प्रौढहरुका लागि स्पोर्ट्स मिटसमेत गर्ने तयारी गरेको छ । सर्वेश्वर व्यवसायी समितिमा आबद्ध व्यवसायी तथा तिनका छोराछोरीहरुलाई आपसमा घुलमिल गराउँदै भातृत्व भावनाको विकास गराउने उद्देश्यले स्पोटर््स मिट गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार स्पोर्ट्स मिटमा छात्र÷छात्राका लागि छुट्टाछुट्टै रिले दौड, एक सय मिटर दौड, प्रौढ तथा बालबालिका दुबैका लागि फुटसल, व्याडमिन्टनलगायतका खेल खेलाईनेछ ।

    सर्वेश्वर मार्गका होलसेल व्यवसायीले चीन, थाईल्याण्ड र भारतबाट सिधै सामान ल्याएर बेच्ने गरेका छन् भने स्वदेशी सामान उत्पादन हुने फ्याक्ट्रीमै पुगेर खरिद गर्नेगरेका छन् । जसका कारण गुणस्तरीय सामान सस्तोमा पाईने सर्वेश्वर मार्गका व्यवसायी बताउँछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.