नेकपा (एमाले), कास्कीको ११औँ जिल्ला अधिवेशन चैत्रको १० र ११ गते हुने भएको छ । नेकपा (एमाले),कास्कीको ११औँ जिल्ला अधिवेशनको तयारिबारे जानकारी दिलाउनको लागि नयाँबजारमा शुक्रबार पत्रकार सम्मेलन कार्यक्रम भएको हो। नेकपा (एमाले) कास्कीका अध्यक्ष मनबहादुर गुरुङले विज्ञप्ति मार्फत कास्कीको ११औँ जिल्ला अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोलि चैत्र १० गते विहान ११ बजे पोखराको प्रदर्शनी केन्द्रमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने जानकारी दिनु भयो।
नेकपा (एमाले), कास्कीको ११औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउन जिल्ला कमिटि ,इलाका,महानगर पालिका ,वडा , जनवर्गीय संगठनलाइ परिचालन गरिएको छ । यो अधिवेशनको खर्च हाम्रो आन्तरिक स्रोतबाट नै गर्ने छौ ,र सहकारी ठगि केसमा यस पार्टीका मानिसहरु अदालतले दोषी ठहरायमा कारवाही पनि गर्छौं उहाले भन्नु भयो ।
नेकपा (एमाले),कास्कीको ११औँ जिल्ला अधिवेशनमा स्वास्थ्य व्यबस्थापन संयोजक छममाया पुन ले यो अधिवेसन सिंगो प्रदेशको एतिहसिक हुन् सक्छ ,यो अधिवेशन सांगठानिक ,बैचारिक हिसाबले अत्यन्तै महत्वपूर्ण र राजनैतिक अस्थिरतालाई समाप्त पारेर समाजवाद उन्मुख अभियानको रुपमा लिएको कार्यक्रममा जानकारी दिनु भएको छ। नेकपा (एमाले)को थप जानकारीको लागि cpnumlkaski.orgअनलाइनको उद्घाटन समेत आज शुक्रबार गरिएको छ।








