(एउटा पहिलाे पंक्ति पुरूषले गाए पछि
महिलाकाे स्वरमा तयश मुनीका गीत आउनेछन् ।)
ठुला शहर घुमाउंला ठूला रहर पुर्याउंला
जाउं है कान्छी काठमाडाैं मै घरजम गराैंला
………….
काठमाडाैं त आउदिन पाेखरामै आउन
यहीं बसी मसित नै जीवन विताउंन ……
फेवाताल जाउंला साराङकाेट जाउंला
त्यहीं वसी दुवै जना प्रिती गासाैंला ……
वेगनास ताल जाउंला नी रूपाताल जाउंला
त्यही बसी तिम्राे रूप हेरी बसाैंला ………
तालबाराही पुगाैंला भद्रकाली जाउंला
जीवन भरी नछुट्टीने वाचा गराैंला ………
संस्कृतिकाे भण्डार नै पाेखरा हाे भनेकाे
प्रकृतिकाे काखमानै (हाम्राे) माया बसेकाे ……
विश्व भरी कहिं छैन पाेखरा जति रमाइलाे
जति पानी परे पनि हिउंदमा घमाइलाे ……
कहिले पूर्व घुमाैंला कहिले पश्चिम घुमाैंला
जीवन भने सधैं भरी यहीं विताउंला ……..
हालै मात्र पर्यटनकाे राजधानी भएकाे
दुवै मिली पर्यटनमा याेगदान दिन चाहेकाे ……
यश गीतलाई नेपाली माैलिक वाजा –
पञ्चै वाजाकाे धुनमा- लय हालेर गाउन सुझाब गर्दछु ।
-गीत रचनाकार








