सिन्धुपाल्चोकबाट सिक्लेस ल्याएर श्रीमान मार्न श्रिमतिले नै प्रेमीलाई सुपारी दिएर हत्या गरिएको छ । सिक्लेस ल्याएर हत्या यसरी सफल भयो प्रहरी कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसमा चैत ३ गते भेटिएको शव हत्या गरेर फालिएको प्रहरीले निश्कर्ष निकालेको छ ।
मादीमा निर्माणाधीन २ वटा हाइड्रोपावरमध्ये एउटामा काम गर्न भनेर गाउँबाट फकाएर सँगै ल्याएर सिक्लेसमा रामलालको हत्या गरेर ३ जना फरार भएका थिए । आफ्नै श्रीमतीले श्रीमान मार्न प्रेमीलाई सुपारी दिएर पठाएको र सिक्लेसमा ल्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याको आरोपमा श्रीमती र उनीसँगै हाइड्रोमा काम गर्न भनेर गएका ३ जना काठमाडौं र भक्तपुरबाट प्रहरीले पक्राउ गरी पोखरा ल्याएको छ ।
सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बाका रामलाल तामाङकोे १ गते हत्या भएको ३ गते सिक्लेस गाउँबाट दक्षिण पाखोमा शव फेला परेको संगै श्रीमती च्याङ्मा तामाङ, धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।








