४७ वर्षीया अपाङ्गता महिलालाई बलात्कार गरेको आरोपमा बागलुङ नगरपालिका– ७ का ५० वर्षीय प्रेम किसानलाई जिल्ला अदालत बागलुङले सात वर्ष तीन महिना जेल सजायको तोकिएको छ ।
अपाङ्गता भएको महिलालाई बलात्कार गरेकोमा थप तीन महिना गरि सात वर्ष तीन महिना कैदक साथै तिन लाख रुपियाँ जरिबाना र पच्चीस हजार क्षतीपूर्ती सजाय फैसला गरेको अदालतका सूचना अधिकारी शिव प्रसाद गौतमले जानकारी दिनुभयो ।
बिरामी परि धौलागिरी अस्पताल बागलुङमा उपचार गर्दा पीडित गर्भवती रहेको खुलेपछि परिवार र स्वास्थ्यकर्मीको सोधपुछको क्रममा बलात्कारमा परेको खुलेको थियो ।पीडित महिलालाई ०७९ माघ २५ गते बलात्कार गरि गर्भवती बनाएको भन्दै पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपित प्रेम किसानलाई जेठ १७ गते गिरफ्तार गरि ०८० असार ४ गते जिल्ला अदालत बागलुङमा बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरि असार ५ गतेको आदेशले पुर्पक्षको लागि थुनामा पठाएको थियो ।








