• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एक वर्षसम्म लिफ्ट सिँचाइको मेसिन मर्मत नहुँदा किसान सिँचाइ सुविधाबाट वञ्चित


  •    अभियान हाम्रो/ बिहिबार, चैत ०८, २०८०  

  • कालिमाटी गाउँपालिका–७ घुइयाबारीमा लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षसम्म मर्मत नहुँदा किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । कालिमाटी गाउँपालिकाको ३१ लाख बजेटबाट निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षदेखि बिग्रिएको छ । मेसिन बिग्रिएपछि खेतमा सिँचाइ गर्न वर्षातको समयममा समेत हम्मेहम्मे पर्ने गरेको छ ।

    ५० भन्दा परिवार बढी स्थानीयले हाल सिँचाइका लागि किसानले विभिन्न किसिमका कष्ट उठाउँदै आएका छन् । वर्षमा तीन बाली उत्पादन हुने झन्डै ३ सय रोपनी खेतमा सिँचाइ सुविधा पु¥याउन गाउँपालिकाले ०७७ सालमा लिफ्टबाट बबई नदीको पानी तानेर योजना सम्पन्न गरेको थियो । डेढ वर्षसम्म सञ्चालनमा आएको योजनाको मेसिन बिग्रिएपछि खहरेखोलाको भर पर्दै आएको किसान भक्तबहादुर बुढाले बताउनुभयो ।

    ‘सिँचाइको व्यवस्था भए धान, मकै, गहुँ र तोरी बाली लगाउन सकिन्थ्यो’ उहाँले भन्नुभयो ‘बर्खामा रोपाइँ गर्न समेत गाह्रो भइरहेको छ, खहरेखोलामा सानो पाइप जडान गरेका छौं, ५÷६ किसानको जग्गामा सिँचाई गर्न पनि पुग्दैन ।’ उहाँले फागुनदेखि असारसम्म खोला सुक्ने हुँदा हिउँदेबालीमा सिँचाइ गर्न नपाएको बताउनुभयो । सिँचाइ नहुदा खाद्यान्नमा ह्रास आएको उहाँको भनाइ छ ।

    सिँचाइ नहुदा राम्रो उत्पादन भएको छैन्, पहिले त हामीले उत्पादन गरेको खाद्यान्नले बर्षभर पुग्थ्यो, तर यो बर्ष सिँचाइ नहुदा उत्पादनमा कमी आएको छ, गहुँ राम्रो फलेको छैन्, चैते मकैँ र धान रोक्न सकिएको छैन्, उहाँले भन्नुभयो यो पटक ३ महिना पनि खाद्यान्न पुग्ने छाँट छैन्, यही अवस्था हो भने खाद्यान्न सङ्कट पर्ने हामीले आँकलन गरेका छौँ ।

    बिग्रेको मेसिन बनाउन आफूहरूले नसक्ने र सम्बन्धित निकायलाई बारम्बार आग्रह गरे पनि खासै चासो नदिएको अर्का किसान लालबहादुर विकले बताउनुभयो । सिँचाइको व्यवस्था नहुँदा धानबाली लगाउने जग्गामा वर्षातको समयमा मकै खेती गर्नु परेको उहाँले बताउनुभयो । ‘सिँचाइको व्यवस्था भए अहिले चैते धान लगाउन सकिन्थ्यो, वसन्ते मकै लगाउन सकिन्थ्यो तर खेत बाँझै छ’ उहाँले भन्नुभयो ‘सिँचाइको व्यवस्था भए किसानले आफ्नै जग्गामा तीन बाली उत्पादन गरेर अन्न बिक्री गर्न सक्थे, अहिले उल्टै बाहिरबाट खाद्यान्न किनेर खानुपरेको छ ।’

    तत्कालीन सिँचाइ डिभिजन कार्यालय सल्यानले घुइयाबारीको एक हजार रोपनी भन्दा बढी जग्गामा बाह्रै महिना सिँचाइ गर्न ०६८ मा झन्डै १० करोड रुपियाँ बजेटमा नहर निर्माणको काम अगाडि बढाएको र ०७२ मा आएको बाढीले काम सम्पन्न हुन नपाउँदै योजना तहसनहस बनाएपछि सिँचाइ गर्ने सपना अधुरै रहेको अर्का किसान नारायण सुनारले जानकारी दिनुभयो । पानी तान्न प्रयोग गरिने मेसिनको के बिग्रियो भन्ने थाहा पाउन नसकेका कारण अहिलेसम्म बिग्रेको मेसिन मर्मत हुन नसकेको उहाँले बताउनुभयाे ।

    आजभोली किसानलाई खेतीपाती गर्न समस्या भएको कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले जानकारी दिनुभयो । बिग्रेको मोटर लगायतका मेसिन मर्मतको पहल भइरहको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.