धरान उपमहानगरपालिका-१८ स्थित खोल्सीमा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
२१ वर्षीया सुमना श्रेष्ठको घाँटी रेटिएको अवस्थामा बुधबार डिपोट स्कूल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बीचमा रहेको खोल्सीमा शव भेटिएको इलाका प्रहरी कार्यालय, धरानका इन्स्पेक्टर भीमराज राईले बताउनु भयो ।
श्रेष्ठको शव घोप्टो परेको,घाँटी रेटिएको तथा घटनास्थल नजिक खुकुरी भेटिएको अवस्थामा भेटिएको इन्स्पेक्टर राईले जानकारी दिनु भयो । घटनामा संलग्नको खोजी थालिएको प्रहरीले जनाएको छ ।








