उत्तरी चीनमा द्रूत सेवाको सुरुङमार्ग भित्र ५१ जना यात्रु बोकेको बस सुरुङको भित्री पर्खालमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।
चिनियाँ सरकारी सञ्चार माध्यमहरूले मङ्गलवार दिउँसो २ः३० बजे तिर दुर्घटना भएको जनाएका छन्।
घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।








