• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राष्ट्रिय माविले हीरक महोत्सव वर्षभरि विभिन्न २२ कार्यक्रम गरि मनाउने


  •    अभियान हाम्रो / मङ्गलबार, चैत ०६, २०८०  

  • पोखरा,  चैत

    स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले महोत्सव वर्षभरि विभिन्न २२ कार्यक्रम गरि मनाउने भएको छ ।

    २० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाईरहेको छ । यस अघि गत २० मंसिरमा प्रभातफेरी सगै हीरक महोत्वको शुभारम्भ गरिएको थियो । एक वर्षमा गरिने २२ कार्यक्रम मध्ये विभिन्न १० कार्यक्रम सम्पन्न भएका छन् भने अन्य १२ कार्यक्रम आउदो २० मंसिरभित्र सम्पन्न गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणाले जानकारी दिए ।
    महोत्सव अन्र्तगत प्रभातफेरि, विद्यालयका संस्थापक र जग्गा दातालाई सम्मान, खेलकुद सप्ताह, योग तथा जुम्बा, खुल्ला रक्तदान, संस्थापक सेक्रेटरी ऋषिकेशव पराजुलीको नामक पुस्तक विमोचन, स्वास्थ्य शिविर, पत्रकार भेटघाट, एचआइभी एड्स सम्बन्धि सचेतना मुलक प्रतिवद्धता र लक्ष्मी फिल्म प्रदर्शन, बृहत सरसफाई कार्यक्रम सम्पन्न भै सकेका मुल आयोजक समितिका उपाध्यक्ष शिवप्रसाद पराजुलीले जानकारी दिए ।

    अव विद्यालयले ८ वैशाखमा वृहत पुनर्मिलन समारोह, वैशाख अन्तिम साता विद्यार्थीहरु बिचमा म्याराथन, जेठ दोस्रो साता जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता, असार दोस्रो साता अन्तर विद्यालय चित्रकला प्रतियोगिता, साउन दोस्रो साता अन्तर विद्यालय निवन्ध लेखन प्रतियागिता, भदौ पहिलो साता शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय समुदाय तथा सरोकारवालाहरुको विचमा शैक्षिक संवाद, भदौ तेस्रो साता अन्तर विद्यालय कविता प्रतियोगिता, असोज पहिलो साता अन्तर विद्यालय जिल्ला स्तरीय भलिबल प्रतियोगिता, कात्र्तिक पहिलो साता पुर्व विद्यार्थी÷शक्षक, वर्तमान विद्यार्थी÷शिक्षक÷कर्मचारी तथा सरोकारवालाहरुका विचमा शुभकामना आदान प्रदान कार्यक्रम, कात्तिक दोस्रो साता चन्दादाता, विशिष्ट योगदान गर्नुहुने महानुभावहरुलाई सम्मान तथा अभिनन्दन, १७ मंसिरमा विज्ञान प्रर्दशनी र २० मंसिर २०८१ मा स्मारिकका विमाचन सगै हीरक महोत्सव समापन गरिने विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटाले जानकारी दिए ।

    ८ बैशाखमा वृहत पुर्नमिलन एक हजार आठ सय जना सहभागि हुने हीरक महोत्सव अन्र्तगत ८ बैशाखमा विद्यायलमा पुर्नमिलन कार्यक्रम हुने भएको छ । हीरक महोत्सव वृहत पुनर्मिलन कार्यक्रमका संयोजक वसन्तराज अधिकारीका अनुसार कार्यक्रममा विद्यालयको स्थापनाकालदेखि हालसम्म अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक÷कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्यहरुहरुको सहभागिता रहनेछ । कार्यक्रममा एक हजार आठ सय जनाको सहभागिता रहने अधिकारीले जानकारी दिए । परिचय सगै अनुभव आदान प्रदान गर्ने उदेश्यले पुनमिलन समारोह आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

    संयोजक अधिकारीका अनुसार आफू पढेको विद्यालय प्रतिको भावनात्मक सम्बन्ध प्रगाढ बनाउन, परिचय तथा बन्धुत्व अभिवृद्धि, तथ्यांक अध्यावधिक, भौतिक संरचनाहरुको अवस्था जानकारीसहित आर्थिक स्रोत जुटाउने, शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि राय सुझाव संकलन, विद्यालयको सतबार्षिकी कार्यक्रमका लागि संकल्प प्रस्ताव तयार गर्ने, स्मारिकका प्रकाशन गर्नका लागि लेख रचना उपलब्ध गराउन र राष्ट्रिय गान भने झै विद्यालयको गान रचना गरी सहभागीहरुले उपलब्ध गराउने उदेश्य पुनर्मिलन कार्यक्रमको रहेको छ ।

    कार्यक्रम सम्पन्न गर्न विभिन्न १० वटा उपसमितिहरु समेत गठन गरिएको छ । कार्यक्रम सम्पन्न गर्न करिव १४ लाख खर्च लागने र लागने खर्च पुर्व विद्यार्थी एव सहयोगदाताहरुबाट उपलब्ध हुने उपसमितिको सह संयोजकमा माया सिग्देल पराजुलीले जानकारी दिईन । हीरक महोत्सवको अवसरमा विद्यालय परिसरमा विद्यालयको मुल प्रवेशद्वार निर्माण, विद्यालय मञ्च, हीरक स्मारक स्तम्भ, प्रशासनिक भवन निर्माण, शौचालय र ई–लाईब्रेरी निर्माण जस्ता भौतिक निर्माण योजनाहरु समेत अघि सारिएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष एंव हिरक महोत्सव प्रचार प्रसार उपसमितिका सहसंयोजक रमेश प्रसाद पौडेलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.