आज हरेक परिवर्तनका बाहक,सुभचिन्तक र तमाम भुइमान्छे सर्बहारा बर्ग जो हार्नकालागी जीवन र जित्नका लागि सन्सार भनेर मुक्ति मार्गमा आफुलाइ होम्न तयार एउटा ठूलो तप्का अन्योल ग्रस्त देखिन्छ । उनिहरु समाजका हरेक घटना र गतिविधि हेरेर आज गन्तव्य बिहिन र निरासाबादी भएकै कारण यो अवस्था शृजना भएको हो।
सन्सारका धेरै आन्दोलनहरु प्रतिगमन हुनुमा कमन सेन्स भनेको मास हिस्टोरिया प्रमुख पाइन्छ। नेपालको सन्दर्भमा पनि एउटा ठूलो जमात परिवर्तन र लोकतन्त्र प्रतिनै मास हिस्टोरिया को रोगले ग्रस्त छ।
यतिबेला परिवर्तन र लोकतन्त्र का निमित्त आजिबन आफुलाइ समर्पित गरेका नेतृत्व,दलहरु र विभिन्न सस्थाहरुको प्रमुख जिम्मेवारी भनेको लोकतन्त्र प्रतिको मासहिस्टोरिया रोग उपचार गर्दै जनतालाइ आसाको किरण प्रवाह गरि सुन्दर स्वस्थ लोकतन्त्रको अनुभुत गराउनु हो। यदि हामिले त्यसो गर्न सकिएन भने हामी पुन सन्सारको प्रतिगमन इतिहासकै पदचाप पच्छाउदै बिलिन हुनबाट कसैले बचाउन सक्दैन।
तर ठिक उल्टो संकेत हरु देखा पर्दैछन। हामिले मास हिस्टोरिया लाई उपचार होइन मलजल गर्दैछौ भन्ने कुरा हामी भित्रका अनियमितता सग जोडिएका कतिपय परिघटना र तिनका बचाउमा रहेको मौनता हरुले पुष्टि गर्दछ।
अत हामि यतिबेला हिजोको परिबेसमा छैनौ। आज हामी भिन्न तर अत्यन्त सम्बेदनशिल परिबेसमा छौ। यो ब्यवस्था न्युटल गियर हो।यहाबाट हामी कता जाने भन्ने कुराको मुख्य भुमिकामा नेतृत्व तह जिम्मेवार हुने गर्दछ।
अत समाजमा छरिएका तमाम बिकृती बिरुद्द त्यो चाहे जुनसुकै रङ्गको भएपनी निर्मम भएर आगो झोस्ने कुराल, अहिलेको मास हिस्टोरियाको किटाणु मार्ने कुरा, र लोकतन्त्रलाइ जिबन्त दिने कुरा अहिलेका समाज चिरफार गरि उपचार गर्ने डाक्टरहरुले (नेतृत्वहरुले ) भुल्नु हुन्न।
मास हिस्टोरिया एउटा सरुवा रोग हो यसले समाज प्रदुषण मात्र होइन पुरै भताभुङ्ग बनाउछ त्यसैले आफू भित्रका तमाम बिकृती बिरुद्द मसाल झोस्ने कुरामा अब पनि ढिलो गरियो भने यो ठूलो जमातले एउटा दिशा पक्रने निस्चय छ। बेलैमा उपचार हामी सबै मिलेर खोजौ।
s.p. regmi








