पोखरामा विभिन्न राईड शेयरिङ एप मार्फत राईड गर्ने राईडरहरुको बृहत् भेला ब्राउन आईज पार्टिप्यालेसमा सम्पन्न भएको छ। उक्त भेलामा करिब ५ सय जना राईडरहरुको उपस्थिती रहेको थियो।
अनिल श्रेष्ठको संयोजकत्व तथा सुनिल भुजेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अनिल श्रेष्ठ ,सिर्जन गोम्जा तामाङ,खेम थापा, शैलेन्द्र केसि,किशोर गुरुङ , मिनकाजी गुरुङ , अनुप केसि, सुन्दर वाग्ले लगायतका बक्ताहरुले बोलेका थिए । समग्रमा राईड शेयरिङ एपलाई चाडो भन्दा चाडो बैधानिकता दिई कानुन सम्बत निति नियम गरि कार्यान्वयन् गर्नुपर्ने बताएका थिए। राईड शेयरिङ सेवामुखी काम भएको हुदा यसलाई गैरकानुनी मान्नु गलत भएको र संबिधानमा लेख्न छुटेको मात्र हो भने बक्तब्य समेत प्रश्तुत गरिएको थियो ।
सो कार्यक्रम पोखरामा रहि युबाहरुलाई उत्साहित र स्वरोजगार भई आत्म निर्भर बन्न प्रेरित गर्ने युबा ब्यक्तित्व एबम समाजसेबी अनिल श्रेष्ठ ज्युलाई सम्मान गरिएको छ भने भाबि दिनमा चाडै बैधानिक गरि युबा हरुलाई स्वरोजगार बनाउनु आफ्नो मिशन रहेको समेत श्रेष्ठले बताएका छन्।
उक्त बृहत् भेलाले अनिल श्रेष्ठको संयोजकत्वमा सुनिल भुजेलको अध्यक्षतामा १८ सदस्यिय तथा कार्यसमिति,उपसमिती गठन समेत गरेको थियो। कार्यक्रममा स्वागत मन्तब्य समितिका बरिस्ठ उपाध्यक्ष कुमार रानाले राखेका थिए भने कार्यक्रमको बारेमा बिनोद ढुंगानाले प्रकाश पारेका थिए।उक्त कार्यक्रमको संचालन समितिका सचिब रिजोन बस्ताकोटिले गरेका थिए।








